अमेरिका, कतार र दुवईबाट आएका ७ जनाको स्वाब परीक्षण

  प्रकाशित मिति
१८ बैशाख २०७७, बिहीबार २१:४७


मेचीनगर । स्वास्थ्य कार्यालय झापा र मेचीनगरपालिकाको स्वास्थ्य शाखाको टोलीले बुधबार विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका मेचीनगरका सात जनाको स्वाब (पीसीआर) को परीक्षण गरेको छ ।

स्वास्थ्यका टोलीले विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका मेचीनगर–२, १३ र १४ नम्बर वडाका ७ जनाको स्वाबको परीक्षण गरिएको हो ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख शशिकला राईले कतार, दुवई र अमेरिकाबाट आएका मेचीनगरको तीन वटा वडाका शंका लागेका सात जनाको स्वाब परीक्षण गरिएको बताइन् ।

‘लकडाउन अघि आएका उनीहरुको र्यापीड डाइगोनिष्ट टेष्ट (आरडटी) पनि पहिलै टेष्ट गरिएको थियो’, स्वास्थ्य शाखाकी प्रमुख राईले भनिन्–‘विदेशबाट आएदेखि होम क्वारेन्टाइनमा थिए । हाम्रै निगरानीमा रहेका उनीहरुको बुधबार स्वाबको परीक्षण गरिएको छ ।’

परीक्षण गरिएकोमा ५ पुरष र २ जना महिला छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले मेचीनगरका सात जनाको स्वाब परीक्षण गरिएको बताए । उनले विहीबार बेलुकासम्म स्वाबको परीक्षणको रिपोर्ट आउने बताए ।

मेचीनगरमा हालसम्म १९ जनाको स्वाब र १९० जनाको आरडीटीको परीक्षण गरिएको स्वास्थ्य शाखाकी प्रमुख राईले बताइन् ।

ईटाभट्टा स्थित आदर्श मावि र धाइजनको विशेष कवारेन्टाइनमा झापा, मोेरङ, इलाम र सुनसरीका ५४ जना व्यक्तिहरु छन् ।

भारत तथा विदेशबाट आउने अझै दुईसय भन्दाबढी व्यक्तिहरु मेचीनगरको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा छन् ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: