झापा, १९ कार्तिक । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्रेट उम्मेद्वार जो वाइडन अगाडि देखिएका छन् ।
अमेकिामा गए राति चुनाव सम्पन्न भएको थियो । केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ ।
कूल ५० राज्यमध्ये १४ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका हुन् ।
आज विहान ८ बजेसम्ममा वाइडन पक्षका ८० र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ५१ प्रतिनिधि चुनिएका छन् ।
राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ ।
निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।