झापा, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण भएको छ ।
उनकी पत्नी मेलानियालाई पनि कोरोना पोजेटिभ भएको छ ।
ट्रम्प आफैले आज ट्वीट गरेर आफु र प्रथम महिला मेलानियालाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।
केही दिन अघि उनका सल्लाहकार होप हिक्सलाई कोरोना पोजेटिभ भएको थियो । होप हिक्स खासै राजनीतिक अनुभव नभएकी महिला भए तापनि ट्रम्पले उनलाई सल्लाहकार बनाएका थिए ।
ट्रम्पले अब पत्नीसमेत आइसोलेसनमा बस्ने बताएका छन् । उनी कोरोनाका मामिलामा बेपर्वाह मानिन्छन् । उनी फेस मास्क समेत लगाउन मान्दैनथिए ।