अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार ०५:२१


ambar 1झापा । राष्ट्र गानका सङ्गीतकार एवम् बरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको ग्रान्डी अस्पतालले जनाएको छ ।

अस्पतालमै रहेका छोरा राजु गुरुङले बुबाको अवस्था अहिले पनि स्थिर रहेको सोमवार विहान बताए ।

ग्रान्डी अस्पतालका सूचना अधिकृत विनोद अधिकारीले पनि आफूले भर्खरै गुरुङलाई हेरेको र उनको अवस्था हिजोकै जस्तो स्थिर रहेको सोमवार विहान बताएका छन् ।

तर, उनको मृत्यु भयो भनेर केही अनलाइन र सामाजिक सञ्जालमा झूठो प्रचार गरिएकोमा परिवारजनले दुःख व्यक्त गरेका छन् ।

जिउँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेका छन् ।
अम्बर गुरुङको निधन भएको भन्दै कान्तिपुर, कारोवारकतिपय अनलाइन पत्रिकामा ‘पारिवारिक स्रोत’को हवाला दिँदै समाचार आएपछि

सामाजिक सञ्जालमा उनको मृत्यु भएको भनेर भ्रामक हल्ला चलेको थियो ।
गुरुङको केहीदिनदेखि राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो ।

गएराति ४ बजे उनको निधन भएको भनेर हल्ला चलाइएको छ ।
क्यानडामा रहेका वरिष्ठ पत्रकार भानुभक्त आचार्यले मिडियाले यथार्थ नबुझी यस्तो गम्भीर विषयमा भ्रामक समाचार प्रकाशन र प्रशारण गर्नु ज्यादै दुःखदायी भएको बताएका छन् ।

विहान १०ः५० बजेतिर कान्तिपुर लगायतका अनलाइनले भ्रामक समाचारको लिङ्क हटाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: