झापाको चार स्थानमा नेपाली सेनाको टुकडी

  प्रकाशित मिति
२७ जेष्ठ २०७७, मंगलवार २०:१८


भद्रपुर, २७ जेठ । झापाको चार स्थानमा नेपाली सेनाले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि टुकडी राखेर क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनको नेतृत्व सम्हालेको छ ।

नेपाली सेनाको २१ नम्बर बाहिनी केर्खाका बाहिनीपति डा. आशबहादुर तामाङका अनुसार मेची बहुमखी क्याम्पस, कलबलगुडी, कचनकवल र मेचीनगरमा सेनाको टुकडी रहेको छ ।

भद्रपुरस्थित कलबलगुढीमा लामो समयदेखि व्यवस्थापन हेरिरहेको नेपाली सेनाले कचनकवल गाउँपालिका र पूर्वी नाका काँकडभिट्टामा केही दिनदेखि व्यवस्थापकीय सेवा प्रदान गर्न थालेको हो ।

सरकारले देशभरका २० वटा नाकामध्ये काँकडभिट्टाबाट भारतमा रहेका नेपालीलाई फर्कन खुल्ला गरेपछि त्यसलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नेपाली सेनालाई परिचालन गरेको हो ।

वाहिनीपति डा. तामाङले नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिसँगै मिलेर नेपाली सेनाले कोडिभ–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको बताउनुभयो ।

सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी नै रहने र काँकडभिट्टा माविस्थित होल्डिङ सेन्टरमा स्वाथ्यकर्मी, जनप्रतिनिधिसहितको टोलीसँगै रहेर स्वास्थ्य जाँच, व्यवस्थापनमा सेनाको टोलीले सहयोग गरिरहेको उनले बताए ।

सीमा क्षेत्रबाट भित्रिने सबै नेपालीलाई होल्डिङ सेन्टरमा ल्याएर ज्वरो नाप्ने र आरटिडी टेस्ट गर्ने काम भइरहेको छ । नेपाली सेनाले स्वास्थ्य परीक्षण र अभिलेखको काम प्रत्यक्षरुपमा गरिरहेको छ ।

बाहिनीपति डा. तामाङले काँकरभिट्टा र कचनकवलमा रहेको टुकडीको अनुगमन गरेका छन् । उनले सुरक्षालाई व्यवस्थित बनाउन र क्वारेन्टिनहरुलाई मापदण्ड अनुरुप बनाउन टुकडीलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: