अरुणोदयका उत्कृष्टहरु पुरस्कृत

  प्रकाशित मिति
५ फाल्गुन २०७६, सोमबार २०:४३


काँकरभिट्टा । मेचीनगर–६ काँकरभिट्टामा सञ्चालित अरुणोदय आवासीय माविले आफ्नो २४ औं बार्षिक खेलकुद, साँस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय परिसरमा सोमबार आयोजित कार्यक्रमकाबीच प्रमुख अतिथि मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले विद्यालयले अब घोकन्ते शिक्षामा मात्र नभएर व्यावहारिक शिक्षा र खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यार्थीले नृत्य एवम् प्रतियोगितात्मक खेल प्रस्तुत गरेका थिए ।

यसअघि विद्यालयले सञ्चालन गरेको खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस्तै, अरुणोदय मिनी म्याराथनका विजेतालाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ ।

जसमा ५ किमी म्याराथन छात्रतर्फ प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने क्रमशः किसन सरदार, सञ्जित सरदार र सुजन कार्की तथा ३ किमी छात्रातर्फ प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने दिपशिखा भुजेल, स्मृती सापकोटा, सन्ध्या शर्मालाई नगद ३ हजार, २ हजार तथा १ हजारसहित मेडल तथा प्रमाण पत्रसहित पुरस्कृत गरिएको छ ।

त्यस्तै, विद्यालयले बर्ष उत्कृष्ट शिक्षक तथा बिद्यार्थीलाई समेत पुरस्कृत गरेको छ ।

अनुशासनमा प्रिया भुजेल, उत्कृष्ट क्याप्टेनतर्फ मनिरा खडिया एवम् सर्वोत्कृष्ट विद्यार्थी अवार्डतर्फ सञ्जित सरदारलाई सम्मान तथा पुरस्कृत गरेको छ । बर्ष उत्कृष्ट शिक्षकको अवार्ड विद्यालयकी शिक्षिका कविता थापालाई प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजकुमार पराजुली, सदस्य चन्द्र प्रसार्इं, विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

विद्यालयका प्रअ लुइँटेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयका बरिष्ठ शिक्षक पर्शुराम रिजालले स्वागत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रअ जिआर धिताल तथा अनौपचारिक कार्यक्रमको सञ्चालन विद्यार्थी प्रिती खवास, आर्यन गुरुङ र दीक्षा पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: