अरुणोदयलाई फुटबल, धुलावारीलाई भलिवलको उपाधि

  प्रकाशित मिति
२७ जेष्ठ २०७४, शनिबार ०८:३४


arono
मेचीनगर । धुलावारी माध्यमिक विद्यालयको आयोजना तथा मेचीनगर नगरपालिकाको सहयोगमा सञ्चालित नगरस्तरीय फुटबल तथा भलिवल प्रतियोगिताको फाइनल खेल शुक्रवार सम्पन्न भएको छ ।

फुटबलतर्फ काँकरभिट्टाको अरुणोदय आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालय र भलिवलतर्फ धुलावारी माध्यमिक विद्यालयले सर्वोत्कृष्ट भई पुरस्कृत भएका छन् ।
गत जेठ २१ गतदेखि सञ्चालन हुँदै आएको प्रतियोगितमा फुटबलतर्फ २० टिम र भलिवलतर्फ ८ टिमले प्रतिष्पर्धा गरेका थिए ।

शुक्रवार भएको फाइनल खेलमा भलिवलतर्फ धुलावारी माविले इस्ट होराइजन आमाविलाई पराजित गरी उपाधि जितेको थियो । पहिलो भएको धुलावारी माविले १० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने इस्ट होराइजनले ५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । धुलावारीको सरस्वती अङ्ग्रेजी स्कुल तेस्रो भएको थियो ।
यसैगरी, फुटबलतर्फ अरुणोदयले काँकरभिट्टा माविलाई १–० को गोल अन्तरले पराजित गरी उपाधि जितेको छ ।

dulabari

पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । धुलावारीको कन्भेन्ट अङ्ग्रेजी स्कुलले तेस्रो पुरस्कार पाएको छ ।
विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा मेचीनगर नगरपालिकाका वडा प्रमुख भुइँदल राई, स्रोत व्यक्ति लोकबहादुर दाहाल, धुलावारी माविका अध्यक्ष गणेशविक्रम नेम्वाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: