अरुणोदय र आदर्श माविद्वारा खेलाडी–प्रशिक्षकलाई सम्मान

  प्रकाशित मिति
२४ पुष २०७७, शुक्रबार १८:०४


मेचीनगर, २४ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर एकले जित्न सफल खेलाडीसहित प्रशिक्षकलाई शुक्रबार मेचीनगरमा नगदसहित सम्मान गरिएको छ ।

दाङको लमहीमा सम्पन्न उक्त प्रतियोगितामा विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई आज स्थानीय अरुणोदय माविले आयोजना गरेको सम्मान कार्यक्रममा कप्तान रुविना क्षेत्री, काजल श्रेष्ठ, संगीता राई, सवनम राई, रोमा थापा, अप्सरी वेगम, निमा तामाङ, स्मृति कटुवाल, एलिसा खडिया, लखिता राजवंशी, निशा शाह, ज्योति दनुवार र प्रशिक्षक वीरु श्रेष्ठलाई नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि शुभद्रा भट्टराई अर्याल, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला लगायतले बोलेका थिए । उनीहरुले खेलाडीहरुलाई नगदसहित सम्मान गरेका थिए । कार्यक्रममा प्रशिक्षक बिरु श्रेष्ठ, खेलाडीहरु काजल श्रेष्ठ, स्मृति कटुवाल लगायतले आ–आफ्नो अनुभव सुनाएका थिए ।

प्रदेश १ ले साविकको विजेता रहेको एपीएफलाई ६ रनले हराउँदै उपाधि हात सफल भएको थियो । प्रतियोगितको विजेता प्रदेश एकले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । प्रदेश १ का लागि अप्सरा बेगमले ३४, काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले १८ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफकी सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिएकी थिइन् ।

१०६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र जोड्न सक्यो । उसका लागि ममता चौधरीले ३४, करुणा भण्डारीले २६ र ज्योति पाण्डेले १४ रन बनाएका थिए ।

प्रदेश १ की कप्तान रुविना क्षेत्री र एलिसा खडियाले २ र २ विकेट लिए भने संगीता राईले एक विकेट लिएकी थिइन् । खेलमा म्यान अफ द म्याच बनेकी प्रदेश १ की खेलाडी रुबिना क्षेत्रीले २५ हजार, प्लेयर अफ द टुर्नामेन्ट बनेकी संगीता राईले २१ हजार र एपीएफकी करुणा भण्डारीले उत्कृस्ट बलिङ गरे वापत १० हजार प्राप्त गरेकी थिइन् ।

अरुणोदय माविका अध्यक्ष भगिरथ राईको सभापतित्व, विद्यलायका खेल संयोजक राजकुमार विश्वकर्माले स्वागत, विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुईटेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार सिएन गौतमले गरेका थिए ।

यस्तै, मेचीनगर–८ स्थित आदर्श मावि आयावारीले आफ्ना विद्यालयमा अध्यायनरत विजेता टिम प्रदेश नम्बर १ की महिला क्रिकेट खेलाडी एलिसा खडिया र लखिता राजवंशीलाई जनही ५ हजार नगदसहित सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष रेवन्तराज पोखरेल, प्रधानाध्यापक कृष्ण पुरी, सहायक प्रधानाध्यापक देवराज गिरी, खेल प्रशिक्षक बिरु श्रेष्ठ, कृष्ण प्राविका शिक्षक दशरथ खडिया, शिक्षक हेमेन्द्र निरौला लगातयले सम्मानित खेलाडीलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: