अरुण भए जिल्ला प्रथम

  प्रकाशित मिति
३ जेष्ठ २०७३, सोमबार ०५:३८


arun photoझापा । यस बर्षको कक्षा– ८को जिल्ला स्तरीय परीक्षामा सामुदायिक विद्यालयतर्फ पुहातु जनज्योति माविका अरुण न्यौपाने जिल्ला प्रथम भएका छन् ।

जिल्ला शिक्षा कार्यालय झापाका सहायक जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद अधिकारीका अनुसार अरुणले जम्मा ८०० पूर्णाङ्कमा ७५० अङ्क अर्थात् ९३.७५ प्रतिशत अङ्क प्राप्त गरेका छन्  । उनले नेपालीमा ९४,अङ्ग्रेजीमा ९८, गणितमा ८१, सामाजिकमा ९७ ,विज्ञानमा ९३ ,पेसामा ९३ , कम्प्युटरमा ९९ , स्वास्थ्यमा ४८ ,नैतिक शिक्षामा ४७ अङ्क ल्याएका हुन् । बुवा खेमनाथ र आमा धनमायाका जेठा छोरा अरुण न्यौपाने मेधावी छात्र रहेको विद्यालयका सहायक प्रअ शिवप्रसाद पोखरेलले बताए ।

दुवागढी गाविस–२ मा स्थायी बसोबास गर्दै आएका अरुणका बुवा आर्थिक अवस्था कमजोर भएका कारण भद्रपुरमा रहेको एक प्mयाक्टी«मा काम गर्छन् । भविष्यमा डाक्टर बन्ने सपना बोकेका अरुणलाई आर्थिक अवस्थाका कारण आफ्नो सपना पूरा नहुने हो कि भन्ने चिन्ताले सताउने गर्दछ । बुवा खेमनाथ न्यौपानेले अरुण सानैदेखि तृष्ण दिमागको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: