अर्जुनधाराका हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

  प्रकाशित मिति
५ जेष्ठ २०७६, आईतवार १३:४१


भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा आगो निभाउने उपकरण (अग्नि प्रतिरोधात्मक सामग्री) अनिवार्य रुपमा राख्नु पर्ने नियम लागू गरेको छ ।

नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरहरुमा अग्नि प्रतिरोधात्मक सामग्री राख्न पर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेलले बताए ।

उनका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरहरुमा अग्नि प्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात मात्र नगरपालिकाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनेछ ।

आगलागीबाट ठूलो नोक्सानी हुन नदिन पूर्व सावधानीका लागि नगरपालिकाले गरेको निर्णय नगरवासीको हितका लागि भएको हँुदा यसको कडाइका साथ लागू हुनुपर्ने अर्जुनधारा वडा नं. ११ का पुण्यप्रसाद खरेल बताउँछन् ।

अर्जुनधारा नगरपालिकामा १४ हजार भन्दा बढी परिवारको बसोबास रहेको छ । नगरपालिकाले आइतबार घरधनीहरुलाई सार्वजनिक सूचना गरी अग्नि प्रतिरोधात्मक सामग्री अनिवार्य राख्न अनुरोध समेत गरेको छ ।

झापाका १५ स्थानीय तहमध्ये अग्नि प्रतिरोधी सामग्री अनिवार्य गर्ने अर्जुनधारा पहिलो नगरपालिका हो । यस नगरपालिकामा बारुण यन्त्र छैन ।

स्रोत : रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: