काँकरभिट्टाबाट भित्रिएका अर्जुनधाराका २ जनालाई कोरोना

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार १६:००


मेचीनगर । अर्जुनधाराका थप २ सहित झापामा १३८ जनामा कोरोना पुष्टि भएको छ ।

अर्जुनधाराका नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा–९ का २ जना युवकमा कोरोना पुष्टि भएको हो ।

उनीहरु दुवै जना भारतको दिल्लीबाट केहिदिन अघि आएका हुन् ।

कोरोना पुष्टि भएपछि ती दुवै जना युवकलाई थप उपचारका लागि कोभिड अस्पताल विराटनगर लाने तयारी गरिएको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिसँगै एउटै कोठामा रहेका अन्य व्यक्तिहरुलाई थप ७ दिन राखिने भएको छ ।

सँगै कोठामा बसेका उनीहरुको थप पीसीआर परीक्षण गरेर मात्र घर पठाइने बताइएको छ ।

योसँगै झापामा कोरोना स्रक्रमितको संख्या १३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: