अर्जुनधारामा अनुष्ठानको तयारी

  प्रकाशित मिति
१२ कार्तिक २०७३, शुक्रबार १३:१३


14813519_1000620740084569_986860927_n

शनिअर्जुन । पूर्वको पशुपतिनाथले चिनिएको अर्जुनधारा जलेश्वर धाममा विगत वर्ष झैं यस वर्ष पनि ३४ औँ वार्षिक अनुष्ठानको तयारी थालिएको छ ।

मङ्सीर ६ गते बाला चतुर्दशीका दिन हुने अनुष्ठानको अवसरमा धाममा हनुमान कथा वाचन एवम् शिवरुद्र भिषेक महायज्ञ आयोजना गर्न लागिएको हो ।

अनुष्ठानमा धामका व्यासाचार्य पुष्पलाल निरौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भक्तजनहरुको समेत सङ्कट मोचनको उद्देश्य राखी हनुमान कथा वाचन चालिसाको पाठपारायण आयोजना गर्न लागिएको विहीवार जलेश्वरधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

व्यासाचार्य निरौला लामो समयदेखि सिकिस्त विरामी भई बेडरेष्टमा छन् । उनले २०४१ सालदेखि धाममा रही १८ महापुराण तथा विभिन्न उपपुराणलगायत अध्यात्म दर्शनको अमृतमय कथा भक्तजनलाई सुनाउँदै आएका थिए ।

उनको ठाउँमा अहिले धामका पण्डित अग्नि सिग्देललाई जिम्मेवारी दिइएको छ । उनी १२ बर्षदेखि अर्जुनधारा जलेश्वरधाममा छन् ।

अनुष्ठान सम्पन्न गर्न ३१ वटा उपसमितिहरु निर्माण गरी काम अघि बढाइएको छ । अनुष्ठानका लागि २६ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जलेश्वर धामद्वारा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘अनुष्ठानलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति निर्माण गरी काम थालिएको छ,’ अध्यक्ष गट्टानीले भने–‘विगत वर्षमा भक्तजनहरुले असुविधा भएको गुनासो गरेको सुनियो, तर यस वर्ष गुनासो आउन नदिने गरी तयारी थालेका छौँ ।’ उनक अनुसार भक्तजनलाई बस्नका लागि १० वटा टेन्टको व्यवस्था मिलाइएको छ । त्यस्तै सवारी पार्किङको पनि व्यवस्था मजबुत बनाइने उनले बताए । धाममा विगत वर्षमा बाला चतुर्दशीका दिन सवारी पार्किङमा समस्या हुँदै आएको थियो । तर, यो वर्ष त्यस्तो समस्या नहुने धामले जनाएको छ ।

धामका अध्यक्ष गट्टानीका अनुसार भारत अयोध्याका स्वामी श्रीराम हर्षनदासजी महाराजका शिष्य नरेन्द्रराम दासजी महाराजको मुखाराबृन्दबाट हनुमान कथा एवम् अमृतमय वाणी प्रस्तुत हुनेछ ।

धाममा सञ्चालित गुरुकुल पाठशाला व्यवस्थित गर्न गुरुकुल व्यवस्थापन अक्षयकोष स्थापना गर्ने निर्णय समेत भएको धामका महासचिव विष्णुकुमार निरौलाले बताए ।

अक्षयकोषबाट प्राप्त हुने व्याजले गुरुकुलमा अध्यापन गराउने आचार्य तथा विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । अक्षयकोष स्थापनाका लागि शनिअर्जुन –२ का उद्धव थापाले १ लाख, विर्तामोडका राजकुमार पोखरेलले १ लाख, कनकई नगरपालिकाका लीला चिमरियाले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने वचन दिएको जलेश्वरधाम समितिले जनाएको छ ।

त्यस्तै गतवर्षबाट सञ्चालनमा रहेको पितृमोक्ष अन्नदान अक्षयकोषमा १४ लाख रुपैयाँ सङ्कलन भइसकेको धामका अध्यक्ष गट्टानीले जानकारी दिए ।

धामले परिव्रmमा मार्ग विस्तार गर्न जग्गा खरिदको प्रव्रिmयासमेत अघि बढाएको छ । त्यसका लागि धामले दानवीरहरुबाट सहयोगको अपेक्षा राखेको धामका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाले बताए ।

पत्रकार भेटघाट कार्यव्रmममा मजदुर नेता दीपक तामाङ, पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ, लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक मोहन काजीलगायतले सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: