अर्जुनधारामा आए भूर्तेल

  प्रकाशित मिति
५ कार्तिक २०७५, सोमबार १८:०२


शनिश्चरे । अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पंकज भूर्तेलले जिम्मेवारी सम्हालेका छन् ।
जिल्ला समन्वय समिति झापाबाट सरुवा भएर भूर्तेल अर्जुनधारा नगरपालिकामा आएका हुन् ।

सोमबार नगरपालिकामा हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत भूर्तेललाई सोमबार कार्यालयको सभाकक्षमा औपचारिक स्वागत गरिएको छ ।

नगर प्रमुख हरिकुमार राना र उप–प्रमुख कमला खतिवडाले उनलाई ढाका टोपी र खादा अविर सहित स्वागत गरेका थिए ।

प्रदेश सांसद, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी समेतको उपस्थिति रहेको कार्यक्रममा संघीय सांसद, प्रमुख र उप–प्रमुखले मन्तब्य समेत व्यक्त गरेका थिए ।

झापा प्रतिनिधि सभा–२ का सांसद पवित्रा खरेलले जनप्रतिनिधि र कर्मचारीको आ–आफ्नो भूमिका भएकाले एकता सद्भाव भए जनताका जुनसुकै काम गर्ने सकिने बताइन् ।

नगर प्रमुख हरिकुमार रानाले शिवसतासी नगरपालिकामा काम गरेको अनुभवको प्रशंसा गर्दै नगरको मुहार फेर्न नयाँ प्रमुख प्रशासकीय अधिकृतको साथ पाउने विश्वास व्यक्त गरे ।

प्रमुख रानाले जनताका गर्नुपर्ने र हुनुपर्ने काम नअल्मलाई समयमै गर्न निर्देशन गरेँ ।

अधिकृत भूर्तेल शिवसताक्षी नगरपालिकाबाट गत महिना सरुवा भई जिल्ला समन्वय समिति झापा गएका थिए । जिससबाट उनी अर्जुनधारा आएका हुन् ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा अधिकृत जानुका गुरागाई, नेकपाका नेता मित्र खतिवडाले भर्खरै जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले नगरको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार सहित रणनीतिक योजना अघि बढाउने विश्वास लिएको बताएका छन् ।

कार्यक्रममा संविधान सभाका सदस्य नरेश खरेल, २ का वडाअध्यक्ष रघुनाथ खनाल, ३–का वडाअध्यक्ष जीवन कुमर भण्डारी, ४–का वडा अध्यक्ष दुर्गा दाहाल, ६–का वडाअध्यक्ष लोकनाथ गौतम, ८–का वडाअध्यक्ष गोपिचन्द्र गौतम, ९–का वडाअध्यक्ष पुष्प प्रसाई, ११–का वडाअध्यक्ष भैरव खड्का, कार्यपालिका सदस्य सकुन्तला बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: