अर्जुनधारामा हनुमान महायज्ञ

  प्रकाशित मिति
६ मंसिर २०७३, सोमबार ०९:००


arjundharaशनिश्चरे । पूर्वकै प्रसिद्ध तीर्थस्थल अर्जुनधारा जलेश्वर धाममा सोमवार ३४ औँ वार्षिक अनुष्ठानको रुपमा हनुमान कथा तथा रुद्राभिषेक महायज्ञ प्रारम्भ हुँदैछ ।

वर्षेनी बालाचतुर्दशी अघि धाममा वार्षिक अनुष्ठानको आयोजना हुने गरेको छ । पहिलोपटक हनुमत् कथा हुन लागेको हो ।
२०४० सालदेखि लगातार यहाँ बालाचतुर्दशीको अवसर पारेर धार्मिक कार्यक्रम आयोजना हुँदै आाएको छ ।

यसपटक हुनमत् कथा वाचन गर्न अयोध्या निवासी नरेन्द्र राम दास महाराजजीको मुखारविन्दलाई निम्त्याइएको छ भने उद्घाटन अवसरमा मुक्तिनाथ धामका पिठाधिश्वरस्वामी कमलनयनाचार्यको विशिष्ट उपस्थिति रहने धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताएका छन् ।

अनुष्ठानको सम्पूर्ण तयारी पूरा भइसकेको र बाला चतुर्दशीका बेला धाममा विगतको भन्दा व्यवस्थापन पक्ष दर्विलो तुल्याउन समितिले मिहेनत गरिरहेको गट्टानीले बताए ।

समितिले सम्पूर्ण धर्मप्रेमी महानुभावलाई हनमत् महाउत्सवमा सहभागी बन्न अनुरोध गरेको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर ६ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: