अर्जुनधारामा नदीजन्य पदार्थ उत्खननमा रोक

  प्रकाशित मिति
१ असार २०७६, आईतवार १४:३७


भद्रपुर, १ असार (रासस) ः झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्मा आजदेखि तीन महिनाको लागि रोक लगाएकोे छ ।

नगरपालिकाले सूचना नै जारी गरेर असार १ गतेदखि भदौ ३० गतेसम्मलाई पूर्ण रुपमा नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो ।

नगरले यदि सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा रु. १० हजारदेखि रु. ३० हजारसम्म जरिवाना र जफत गरिएको सामाग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने जनाइएको छ ।

पहिलोपटक उत्खनन गरेको पाइएमा रु. १० हजार, दोस्रापटक पाइएमा रु. २० हजार र तेस्रोपटक पाइएमा रु. ३० हजार जरिवाना गरिने नगरका प्रेस संयोजक सागर गौतमले बताए ।

उनका अनुसार कुनै पनि व्यक्ति वा संघसंस्थाले निषेधित कार्य भएको सूचना नगरलाई उपलब्ध गराएमा सो व्यक्ति वा संस्थालाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
यस नगरपालिका भित्र विरिङ, टाङटिङलगायतका नदी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: