अर्जुनधारामा प्रसाईले भने–‘अरुले भन्दा बढी सहयोग गर्छु, प्रचार चाहिँदैन’

  प्रकाशित मिति
१६ मंसिर २०७८, बिहीबार २१:५४


अर्जुनधारा, १६ मंसिर । बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अर्जुनधारा धामलाई अरुले भन्दा बढी नै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अर्जुनधारा जलेश्वर धाममा बाला चतुर्दशीको अवसरमा विहीवार राति आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका प्रसाईले धामलाई अभूतपूर्व सहयोग पुर्याउने बचन दिएका हुन् ।

प्रसाईले दान गरेर आफु बग्गीमा चढ्ने रहर गर्ने व्यक्ति नभएको जनाउँदै अर्जुनधारा धाम पूर्वको पशुपतिनाथ भएको हुँदा श्रद्धापूर्वक सहयोग गर्ने बताए ।

दानवीर र समाजसेवी भनेर उद्घोषकले प्रशंसा गरेकोमा पनि प्रसाईले आपत्ति जनाए । आफु कुनै ठूलो दानवीर र समाजसेवी नभएको पनि उनले बताए ।

‘पाथिभराको भब्य प्रतिमा बनाएर मन्दिरमा राखें, प्रचार गरिन,’ उनले भने–‘२५ लाखको योगमायाको मूर्ति दान गरेँ, त्यसको पनि शिलालेखमा नाम लेखाइन ।’

करोड सहयोग गर्दा समेत आफुले हल्ला र प्रचार नगरेको उनको भनाई थियो ।

अब अर्जुनधारा धाममा सहयोग गर्दा अरुले भन्दा बढी नै गर्ने तर प्रचार नगर्ने उनले सुनाए । अहिले नै यति दिने र उति दिने भनेर आफुले घोषणा नगर्ने समेत उनले बताए ।

प्रमुख अतिथिको रुपमा निम्त्याएकोमा प्रसाईले आयोजकलाई धनयवाद दिए । उनले मेची अञ्चलमै चार धाम बनाउने योजना सुनाए ।

धाम सञ्चालक समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा भएको अनुष्ठान उद्घाटन कार्यक्रममा साहित्य चौतारीका संस्थापक देवीभक्त श्रेष्ठ, बीएन्डसी मेडिकल कलेजकी अध्यक्ष इन्दिरा गिरी, शिक्षासेवी डा. लोकराज पौडेल, व्यासाचार्य अग्नी सिग्देल, साहित्यकार कृष्ण पौडेल, साहित्यकार खगिन्द्रा खुशी लगायतको उपस्थिति रहेको थियो ।

सतबीज छर्नका लागि विहीवार नै हजारौं श्रद्धालु धाम परिसरमा भेला भएका छन् । उनीहरुले रातभर जाग्राम बसेर शुक्रवार विहान सतबीज छर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: