शिवालय मन्दिरमा भक्तजनको भीड

  प्रकाशित मिति
३ श्रावण २०७३, सोमबार ११:२३


6
झापा, ३ साउन । साउनको पहिलो सोमबार जिल्लाको विभिन्न शिवालय मन्दिरमा जल चढाउन भक्तजनको विहानदैखि भीड लागेको छ ।

पूर्वको पशुपतिनाथको मन्दिरको नामले परिचित अर्जुनधाराधाम, मेचीनगर नगरपालिकामा रहेको पातालगंगा, ज्यामिरगढीको ऊँकारेश्वरलगायतका दर्जन बढी शिवालय मन्दिरमा 4

भक्तजनको भीड लागेको हो ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय 146338027028215602-account_id=1मान्यता छ ।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: