अर्जुनधारामा भूमिदान अभियान, पहिलै दिन जुट्यो सवा पाँचलाख

  प्रकाशित मिति
१७ माघ २०७७, शनिबार १६:२७


शनिश्चरे १७ माघ । अर्जुनधारा जलेश्वर धामले भूमिदान महाअभियान सुरु गरेकै दिन आज सवा पाँच लाख रुपैयाँ बराबरको जग्गा दानबाट जुटेको छ ।

धामले निर्माण गरेको गुरुयोजनामा आधा विगाहा जग्गा अपुग भएपछि आजदेखि भूमिदान महाअभियान सुरु गरिएको धामका अध्यक्ष नविन गट्टानीले बताए ।

मनिदर परिसरमा आज पत्रकार सम्मेलनमार्फत भूमिदान महाअभियानको घोषणा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी शिक्षासेवी जयनारायण ढुंगानाले १५ सय वर्गफिट जग्गा दान दिने घोषणा गर्दै धामलाई पाँच लाख २५ हजार रुपैयाँ प्रदान गरे ।

धामले निर्माण गरेको गुरुयोजनालाई पाँच बिगाहा जग्गा आवश्यक पर्दछ । यसका लागि धामले दक्षिण सीमाका एक व्यक्तिको १० कठ्ठा जग्गा खरिद गर्नुपर्ने हुन्छ ।

सो जग्गा एक करोड २० लाख रुपैयाँमा खरिद गर्ने शर्तमा धामले हालै बैना गरिसकेको छ । तर चुक्ता गर्ने आर्थिक सेतको अभाव भएको जनाउँदै जग्गा खरिदका लागि भूमिदान महाअभियान सञ्चालन गर्नुपरेको अध्यक्ष गट्टानीले बताए ।

आजै दाताले १२ लाख रुपैयाँको मूल्य बराबरको जग्गा दान गरेका छन् । धामले भूमिदान गर्न देश विदेशमा रहेका भक्तजन तथा दाता महानुभावहरुलाई आह्वान गरेको छ ।

धामले भूमिदानका लागि दाताले न्यूनतम् एक वर्गफिट जग्गाको मूल्य ३५० रुपैयाँ दान गर्न सक्ने जनाएको छ । त्यसभन्दा माथि जति पनि दान गर्न पाइने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

गुरुयोजनाको निर्माण काठमाडौंको शेर इन्जिनियरिङ कन्सल्टले गरेको हो । पाँच वर्षे गुरुयोजनामा ७५ करोड रुपैयाँ बजेट चाहिने भएको छ ।

पशुपतिनाथकै झल्को पाइने प्यागोडा शैलीको मन्दिर रहेको अर्जुनधारा धामको गुरुयोजनामा महाभारतकालीन संग्रहालय, गुरुकूल, तीन तले पार्किङस्थल, व्यासासन, सुरक्षा बिट, गेस्ट हाउसलगायतका नयाँ संरचना बनायने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: