अर्जुनधारामा १५० को निशुल्क जाँच

  प्रकाशित मिति
८ मंसिर २०७६, आईतवार २०:३९


अर्जुनधारा । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी बिर्तामोड झापाले संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत अर्जुनधाराको खुदुनाबारीमा गरेको निःशुल्क आँखा शिविरमा एकसय ५० जनाले सेवा लिएका छन् ।

मेची आँखा अस्पताल बिर्तामोडको प्रायोजनमा भएको एकदिने शिविरमा निशुल्क आँखा तथा मोतियाविन्दु एवम् ट्राकोमा शल्यक्रिया गरिएको थियो । साना मझौला सहकारी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो ।


स्वागत सहकारीका कोषाध्यक्ष देवीप्रसाद अधिकारीले गरेको कार्यक्रममा अर्जुनधारा वडा नं. १ का अध्यक्ष गजाधर खतिवडा, २ का अध्यक्ष रघु खनाल, ३ का अध्यक्ष जीवन भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: