मन्दिर नखुलेपछि नाग मन्दिरमा जल चढाउँदै भक्तजनहरु

  प्रकाशित मिति
५ श्रावण २०७७, सोमबार ०९:५३


अर्जुनधारा, ५ साउन । पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा जलेश्वरधामको ढोका नखुलेपछि मन्दिर परिसरमा रहेको नागको मन्दिरमा भक्तजनहरुले जल चढाएका छन् ।

विर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रबाट आएको दुई सय बढी भक्तजनले आज विहान नाग मन्दिरमा जल चढाएका हुन् । धाम समितिले केही दिन अघि नै सार्वजनिक सूचना जारी गरी कोरोना महामारीका कारण साउन महिनामा समेत मन्दिर खुला नरहने जानकारी दिएको धाम समितिका कोषाध्यक्ष जोशीले बताउनुभयो ।

उहाँका अनुसार आज विहान करीव तीन घण्टा धाममा मूल पुजारीले विशेष पूजा गर्ने अवसरमा भने केही भक्तजनले मूल मन्दिरमै जल चढाउन भ्याएका छन् । विहान साढे चार बजे खुलेको मन्दिरको मुख्य प्रवेशद्धार ७ ः १५ बन्द गरिएको थियो ।

विगतमा साउने सोमवार शिवको पूजा गर्न पूर्वको पशुपतिनाथ मानिएको अर्जुनधारा जलेश्वर धाममा लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको थियो । जिल्लाका मेचीनगर, भद्रपुर, कनकाई, विर्तामोड, दमकलगायतका क्षेत्रमा रहेको शिवालय मन्दिरमा समेत आज भक्तजनको संख्या न्यून छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: