दाताले बनाइदिए रेडक्रसको स्तम्भ

  प्रकाशित मिति
१९ भाद्र २०७५, मंगलवार २०:४२


भद्रपुर । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल रेडक्रस सोसाइटी झापा शाखाको कार्यालय परिसरमा स्थापित ‘स्वर्ण महोत्सव स्तम्भ’को मङ्गलवार अनावरण गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति स्व. विष्णुराज पोखरेलको स्मृतिमा छोरा–बुहारीहरु विनयराज पोखरेल–मञ्जु पोखरेल र सञ्जय पोखरेल–जानुका पोखरेलले ४ लाख रुपैयाँको लागतमा सो रेडक्रस स्तम्भ निर्माण गरिदिएका हुन् ।

सो अवसरमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आफु पूर्व रेडक्रसकर्मी रहेको जनाउँदै मानवीय सेवाको क्षेत्रमा रेडक्रसले पुर्याएको योगदानको प्रशंसा गरे ।

सोसाइटीका अध्यक्ष लोकराज ढकालको अध्यक्षतामा भएको अनावरण कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजबंशी, भद्रपुरका नगर प्रमुख जीवन श्रेष्ठ, रेडक्रसका केन्द्रीय सदस्य भक्त खवास, दाताको तर्फबाट विनयराज पोखरेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

सो अवसरमा प्रदेश सांसद् ओम सरावगीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्तम्भका डिजाइनर अभिषेक पोखरेल र निर्माण गर्ने खेम पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सोसाइटीका उपमन्त्री प्रकाशचन्द्र खत्रीले र सञ्चालन मन्त्री चन्द्रप्रसाद चुडालले गरेका थिए ।
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: