‘अर्धम’ अर्धमुर्छित अवस्थामा छ

  प्रकाशित मिति
२५ असार २०७३, शनिबार १०:०२


keswa  sir

साहित्यकार तथा पत्रकार केशव आचार्य तिन दशकदेखि साहित्य क्षेत्रमा व्रिmयाशील हुनुहुन्छ । उमेरले भण्डै ६० पुग्न लाग्दा पनि उहाँले उत्तिकै सशक्त रुपमा गीत, गजल र मुक्तक लेखिरहनुभएको छ । उहाँका मुक्तक, कविता, गजल सङ्ग्रह र गीति एल्वम प्रकाशित छन् । साहित्य क्षेत्रमा कलम चलाइरहनु भएका आचार्यसँग गरिएको पुस्तक वार्ता–

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
जगदीश घिमिरेको सकस पढ्दैछु । पुस्तक पढ्ने बानी नै छ । बिना अध्ययन लेख्न सकिँदैन भन्ने ठान्छु, त्यसकारण कुनै न कुनै पुस्तक पढिरहेकै हुन्छु ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
म बढी कविता र गजलका पुस्तक पढ्छु । अलि डुबेर चै आख्यान पढ्न मन पराउँछु । विहीवार मात्र कवि चुडामणि नेपालको कविता सङ्ग्रह ‘अमूर्त सपना’ पढी सिध्याएर सकस पढ्न थालेको हुँ ।

मन परेको नेपाली लेखक ?
आख्यानकारमा वीपी कोइराला, कुमार नगरकोटी, जगदीश घिमिरे र कविमा देवकोटा, भुपी शेरचन, नवराज पराजुली कृष्णभुषण बल मन पर्छन् । उहाँहरुका सिर्जनामा जीवन र जगत अटाएको पाउँछु ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
साथी अनुसार सिफारिस हुन्छ । त्यसैले म सकेसम्म पुस्तक पढौंँ भन्छु ।

पुस्तक खरिदमा कति खर्च हुन्छ ?
वर्षको ५÷ ७ हजार खर्च भइहाल्छ नि ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
पोहोर भृकुटीमण्डपमा पुस्तक मेलामा पुस्तक किन्दै गर्दा भूकम्प गएको सायदै म बिर्सन्न ।

पुस्तक पढ्ने उपयुक्त समय ?
फुर्सद हुँदा जतिखेर पनि कि पढ्दै हुन्छु कि लेख्दै । म घरमा चुपचाप बस्नै सक्दिनँ । आख्यान चाहिँ बिहान ४ बजे देखि इच्छा लागुन्जेल पढिरहन्छु, विशेष काम नहँुदा ।

पुस्तक कसरी राख्नु हुन्छ ?
ओहो, जथाभावी हुन्छन नि । टेबलमा, दराजमा र ओछ्यानमा । पढिसक्या चाहिँ दराजमा थन्क्याउँछु । बेग्लै दराज छ, पढिसक्या पुस्तक राख्ने ।

पढ्न मन लागिरहेको पुस्तक ?
डा. रामानन्द गिरीको नेपालीमा अनुवादित भागवत पुराण भाग १ देखि ८ सम्म । भाग १ र २ चाँहि ल्याएको छु ।

कुन पुस्तक लेख्दै हुनुहुन्छ ?
एउटा गजल सङ्ग्रह सिद्धि नै लागो । कविता सङ्ग्रह चाहिँ ‘अर्धम’ अर्धमुर्छित अवस्थामा त्यत्तिकै छोड्या छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: