अर्पणपछि चर्चा कमाउँदै अर्का मेमोरी किङ बिजय शाही (भिडियो पनि)

  प्रकाशित मिति
३ श्रावण २०७७, शनिबार १६:५१


बिजय शाही (रातो ज्याकेट)मा पत्रकार भाग्य न्यौपानेसँग ।

झापा, ३ साउन । तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ ।

उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् ।

विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् ।

एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएको चर्चित पत्रकार भाग्य नेउपानेले आफ्नो युट्युब च्यानलमा जनाएका छन् ।

शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै यसअघिका विश्वकीर्तिमानी भारतका सागर भुजीलाई पछि पारेका हुन् ।

यसभन्दा अगाडि स्मरणशक्तिको एउटा इमेभन्टमा झापाका अर्पण शर्माले गिनिज बुक रेकर्डमा नाम लेखाएका थिए । उनलाई समेत शाहीले उछिनेको अनलाइन समाचारहरुमा उल्लेख गर्न थालिएको छ । तर शर्माको रेकर्ड तोडेको बारेमा पुष्टि हुन सकेको छैन ।

काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । उनले च्याम्पियन बुक अफ वर्ल्ड रेकर्डको उपाधि पाएका छन् ।

उनी अहिले सामाजिक सञ्जाल र अन्तरवार्ताहरुमा देखिने गरेका छन् । उनको यो अद्भुत कलाको प्रस्तुति धेरै युट्युव च्यानलहरुले दिएका छन् ।

दुर्गम गाउँमा जन्मेका शाहीले गाउँकै विद्यालयवाट प्रमाणपत्र तह पास गरेको जनाइएको छ।

स्मरणशक्तिमा समेत अनेकौं फरक स्पर्धा हुने भएको हुँदा शाहीले पाएको कीर्तिमान र अर्पण शर्माले पाएको कीर्तिमान फरक हुन सक्ने सम्भावना छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् …..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: