अलैँची महासङ्घ अध्यक्षमा कार्की निर्वाचित

  प्रकाशित मिति
११ चैत्र २०७५, सोमबार १०:४३


मेचीनगर । नेपाल अलैँची व्यवसायी महासङ्घको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् ।

आइतबार धनकुटाको हिलेमा सम्पन्न महासङ्घको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा प्रत्यासी उम्मेद्वार ओमकृष्ण विमलीलाई पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीले १ सय ११ मत प्राप्त गरेका थिए भने विमलीले ४२ मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत दिपक नेपालले जानकारी दिए ।

महाधिवेशनमा अध्यक्ष बाहेकका पदाधिकारीहरु निर्विरोध निवार्चित भएका छन् । आगामी कार्यकालका लागि महासङ्घको वरिष्ठ उपाध्यक्षमा सङ्खुवासभाका सुमन श्रेष्ठ, कृषि उपाध्यक्षमा पाँचथरका नरेन्द्र अधिकारी र वाणिज्य उपाध्यक्षमा बिर्तामोडका इन्द्रचन्द विन्दल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा बिर्तामोडका सुवास भट्टराई, सचिवमा इलामका मात्रिका घिमिरे र कोषाध्यक्षमा बिर्तामोडका निमेश मित्तल तथा महिला सदस्यहरुमा सुष्मा भण्डारी पौडेल, मेनुका मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार खुल्ला सदस्य ६ जनाका लागि ९ जनाको उम्मेद्वारी परेकोमा सदस्यहरु सुजित वंशल, जयगोपाल शाह, रामकृष्ण विष्ट, गणेश पौडेल, अम्बरबहादुर तामाङ र अर्जुन चुडाल निर्वाचित भएका छन् ।

त्यस्तै, प्रदेश संयोजक रहने केन्द्रीय सदस्य पदमा प्रदेश १ को संयोजकमा

इन्द्रबहादुर तामाङ, प्रदेश ३ को संयोजकमा रामचन्द्र थापा र गण्डकी प्रदेशको संयोजकमा अजय तामाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: