विर्तामोड । नेपाल अलैँची व्यवसायी महासङ्घको अध्यक्षमा झापाका निर्मल भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा दीपक नेपाल (पाँचथर), उपाध्यक्षद्वय राजकुमार कार्की (काठमाडौँ), सुमन श्रेष्ठ (सङ्खुवासभा), महासचिवमा ओमकृष्ण बिमली (झापा), सचिवमा इन्द्रचन्द विन्दल (झापा) र कोषाध्यक्षमा सुवास भट्टराई (झापा) सर्वसम्मत चयन भएका छन् ।
खोटाङको हलेसीमा सोमवार सम्पन्न दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व तीन वर्षका लागि चयन गरिएको हो । समितिको सदस्यमा पार्वता खरेल बिमली, भरत चौधरी, गणेश पौडेल, नरेन्द्रराज अधिकारी, निमेश मित्तल, अमरबहादुर श्रेष्ठ, इन्द्रसुन्दर लावती, मात्रिका घिमिरे छन् ।
अञ्चल प्रतिनिधिमा मेचीबाट अर्जुन चुँडाल, कोशीबाट अमृत सुवेदी, बागमतीबाट विरेन्द्र यादव, जनकपुरबाट अनिलकुमार तामाङ र गण्डकीबाट मानप्रसाद धिताल छानिएका छन् ।