भद्रपुर । किशोरावस्थामा मोवाइल फोनमार्फत हुने सामान्य चिनजानमै हुने प्रेम सम्बन्धले विकृति जन्माउन थालेको छ । एउटा युवासँगको यस्तै प्रेममा फँसेका झापाका दुई नावालिका यतिबेला पीडित बनेका छन् ।
प्रहरीका अनुसार राजगढ घर बताउने २१ बर्षीय मिनकुमार राजबंशीसँग १३ बर्षीया किशोरीको एक महिना अघि भेटघाट हुँदा फोन नम्वर साटासाट भएको थियो । त्यही नम्वरमा फोनमार्फत भएको कुराकानी उनीहरूको मायालु सम्वन्धमा परिणत भयो ।
ट्याक्टरका चालक ती मिनकुमारले बाटोमा आउजाउ गर्ने व्रmममा ती किशोरीसँग हिमचिम बढाएका थिए । केही समय पश्चात ती किशोरीले मिनकुमारसँग भेट्ने कार्यव्रmममा मन मिल्ने १४ वर्षीया साथीलाई लगिन् । गर्लफ्रेन्डको साथीसँग मिनकुमार आकर्षित भएछन् ।
सम्पर्क बढ्दै जाँदा मिनकुमारले गर्लफ्रेन्डकी साथीको मोवाइल नम्वर पत्ता लगाएर अर्कीसँग पनि हिमचिम बढाउन थाल्यो । मिनकुमारले एक अर्कालाई थाहै नदिइ दुवै किशोरीसँग प्रेमको नाटक गर्दै फँसाउन थाल्यो ।
मिनकुमारको प्रेमको नाटकमा फँसेको कुरा अभिभावकले किशोरीहरूले दश दिन अघि घर छाडेपछि मात्र चाल पाए । दुबै किशोरीलाई घुमाउने र विहे गर्ने बहाना गरी मिनकुमारले विभिन्न स्थानमा राख्ने गरेका थिए ।
अभिभावकको उजुरी परेपछि सव्रिmय भएको प्रहरीले दुई किशोरीको मिनकुमार व्याइफ्रेन्ड भएको र दुबैलाई फँसाएको पत्ता लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी भीम दाहालले जनाएका छन् ।
दुवै किशोरीलाई दुर्गम गाउँमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको छ भने अभियुक्त मिनकुमारलाई पव्रmाउ गरेर अनुसन्धान थालेको छ ।
कम उमेरका ती बालिकामध्ये एउटीले आफुसँग मिनकुमारले शारीरिक सम्बन्ध समेत राखेको बताएकी छन् ।
फेसबुक र मोवाइल आधुनिक सञ्चारका प्रभावशाली माध्यम भए पनि तिनको दुरुपयोग हुँदा कम उमेरका धेरै किशोर र किशोरी विकृतिको शिकार हुने गरेका छन् ।
आफ्ना छोराछोरी पनि कतै यस्तै विकृतिको शिकार त भइरहेका छैनन् ? हरेक अभिभावकले बेलैमा सचेत हुनु पर्ने वेला आएको छ भने किशोरावस्थाका भाइवहिनीहरूले पनि फेसबुक र मोवाइलमा भएको सम्पर्ककै आधारमा प्रेम भइसकेको भ्रममा पर्न नहुने माथिको घटनाले शिक्षा दिएको छ ।