अवकाश कर्मचारीको विदाईसहित सम्मान गरिने

  प्रकाशित मिति
११ आश्विन २०७९, मंगलवार १६:१९


मेचीनगर, ११ असोज । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरले अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मानसहित विदाई गर्ने भएको छ ।
नगरपालिकाका कर्मचारीहरुको साझा संस्था एशोसिएसनले यहि विहीबार अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मानसहित विदाई गर्ने भएको हो ।

एशोसिएसनले मंगलबार ईटाभट्टामा पत्रकार सम्मेलनको आयोजना गरेर सो जानकारी गराएको हो । कार्यालय सहयोगीदेखि अधिकृतसम्मका अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मानसहित विदाई गर्ने कार्यक्रम रहेको एशोसिएसनका मेचीनगर अध्यक्ष रविनसन थापाले बताए ।

एशोसिएसनले मेचीनगर नगरपालिकाका कर्मचारीहरु भुइदल राई, इन्द्रबहादुर थापा, रामशरण डुम, अग्नि दाहाल, गीता सापकोटा र निरानन्द आचार्यलाई सम्मानसहित विदाई गर्ने कार्यक्रम रहेको थापाले जनकारी दिए ।

‘हामी कर्मचारीको हक, हित र सुरक्षाका लागि क्रियाशिल छौँ’, अध्यक्ष थापाले भने –‘अवकाश कर्मचारीहरुको सम्मान गर्नु दायित्व हो । वषौँदेखि आफ्नो श्रम र पसिना बगाएका कर्मचारी विदाई हुँदा नगरपालिकाले नै सम्झनु पथ्र्याे । तर नगरपालिकाले ध्यान नदिएकोले हामीले त्यो अभियान सुरु गरेका हौँ ।’

एशोसिएसनले सोही दिन निःशुल्क आँखा जाँचको शिविर समेत आयोजना गरेको एशोसिएसनका केन्द्रीय सदस्य सञ्जय ढुंगानाले बताए ।

शिविरमा मेची नेत्रालयको प्राविधिक सहयोग रहनेछ । आँखाको समस्या भएका र चश्मा आवश्यक पर्ने आँखाका विरामीहरुलाई नेत्रालयले निःशुल्क चश्मा वितरण गर्नेछ ।

एशोसिएसनले आँखाका विरामीलाई २५० रुपैयाँ सम्मको औषधि निःशुल्क उपलब्ध गराउने ढुंगानाले बताए । कर्मचारी, जनप्रतिनिधि र प्रत्यक वडाबाट १० जना तथा सर्वसाधारण गरी जम्मा ३०० जनाको आँखा जाँच गराउने कार्यक्रम रहेको एशोसिएसनका मेचीनगरका कोषाध्यक्ष रीतप्रसाद भेटवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: