अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदसँग स्पष्टिकरण

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार १९:१९


प्रदेश एकको प्रदेशसभा । फाइल फोटो

झापा, १३ पुस । आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ जना प्रदेश सांसदलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

पार्टी विभाजनपछि प्रचण्ड–माधव पक्षका ३७ सांसदले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका प्रमुख सचतेक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घण्टे स्पटीकरण सोधका हुन् ।

राजभण्डारी ओली पक्षका नेता हुन् । उनले सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता लिन पनि निर्देशन दिएका छन् ।

संसदीय दलमा छलफल नगरी प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकाले प्रस्ताव फिर्तासहित स्पष्टिकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले बताए ।

प्रस्ताव फिर्ता लिएर स्पष्टिकरण नबुझाए राजनीतिक दल सम्बन्धी ऐन र दलको बिधान बमोजिम कारवाही गरिने बताए ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: