भद्रपुर । भद्रपुरमा अवैध रुपमा दाँतको क्लिनिक सञ्चालन गर्दै आएका एक भारतीय नागरिक पव्रmाउ परेका छन् ।
भारत खोरीबारी घर भएका मनोहर समदारलाई सरकारी अनुगमन टोलीले नियन्त्रणमा लिई ठगी मुद्दा दायर गर्ने भएको छ । भद्रपुर बजारमा विगत १० बर्षदेखि दाँत र कानको उपचार गर्ने हेल्थ होम क्लिनिकको अनुगमनको व्रmममा कुनै पनि निकायमा दर्ता नगरी सञ्चालन गरिएको भेटिएको थियो । टोलीले नेपालमा दर्ता नभएका ३० किसिमका भारतीय औषधिसमेत फेला पारेको छ ।
औषधि व्यवस्था विभाग विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालयकोे संयुक्त टोलीले तिन दिनदेखि झापाको विभिन्न क्षेत्रका औषधि पसल, अस्पताल, क्लिनिक तथा ल्याबको अनुगमन गरिरहेको छ ।
अनुगमन टोलीमा औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत गणेशकुमार तामाङ, जिल्ला प्रशासन कार्यालय झापाका शाखा अधिकृत प्रमोद भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गोपाल लिम्बू रहेका थिए ।