असहायकी ‘आमा’ बनिन् इन्दिरा

  प्रकाशित मिति
१२ आश्विन २०७३, बुधबार १०:५५


indira

विभिन्न किसिमका अपराधमा कैद÷सजाय तोकिएका कैदीहरुका बालबच्चाहरु पनि उनीहरुसँगै सजाय भोगिरहेका हुन्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर, यस्तै हुने गरेको छ ।

नेपालका धेरै जेलहरुमा कैदी आमाबाबुसँगै उनका बालबच्चाले जेल जीवनयापन गर्नु पर्ने परिस्थिति छ । कैदीका परिवारमा बालबच्चा हेर्न कुनै सदस्य नहुँदा अर्थात् आमालाई सजाय तोकिएको र बच्चा सानै छ भने पनि कैदी आमासँगै बच्चाले सजाय भोग्नुपर्छ । उनीहरुले आफ्नो स्वर्णीम बाल्यावस्था जेलमा बिताएपछि उनीहरु समाजमा घुलमिल हुन सक्दैनन् र भविष्यमा सामाजिक व्रिmयाकलापमा संलग्न हुने सम्भावना कम हुन्छ ।

जेलमा बाल्यकाल गुजारेकाप्रति समाजले नकारात्मक ढङ्गले हेर्ने गर्छ, उनीहरुलाई अपराधीको रुपमा हेरिन्छ । उनीहरु समाजको नजरमा तिरस्कृत हुन्छन् । यही दृष्टिकोणका कारण उनीहरु आपराधिक व्रिmयाकलापमा पनि सामेल हुन्छन् । थोरै व्यक्तिका कारण पनि समाज अपराधको अखडा बन्छ । यस्तै विषयले पिरोलेर एकजना झापाली चेली इन्दिरा रानामगरले सोचिन्, यदि यी बालबच्चालाई समाजमा पुनस्र्थापना गर्न सके कस्तो होला ? आजभन्दा २४ वर्ष अघि सोचेको कुरा आज वास्तविकतामा परिणत भएको छ ।

indira-12

विसं.२०२७ साल असार १८ गते झापा शनिश्चरेको देवनिया बस्तीको सामान्य गरिव मगर परिवारमा उनको जन्म भएको हो । छोरीलाई पढाउनु हुँदैन भन्ने समाजमा उनले पनि १० वर्षको हुँदा मात्र स्कुल जान पाइन् । त्यसअघि दाइसँग बाँसको सिन्काले राति क, ख…. सिकेकी थिइन् । कोइलाले ढुङ्गामा लेखेर सामान्य लेखपढ गर्न सक्ने भएकी थिइन् उनी । आफ्नै गाउँमा भएको महारानीगञ्ज स्कुलमा तत्कालीन प्रधानाध्यापक हस्त परियार र आफ्नै दाइ जगत मगरको सहायतामा स्कुल जाने वातावरण तयार भयो । उनी स्कुलको टेस्ट परीक्षामा पास भई पहिलो पटक नै कक्षा पाँचमा भर्ना भइन् । शनिश्चरे माविबाट प्रवेशिका पास गरिन् । पढेर स्टाफ नर्स बन्ने सपना भएपनि उनी कालान्तरमा ‘बन्दी सहायता नेपालको’ स्थापना गरेर समाज सेवामा लागिन् ।
आफ्नो भविष्य निर्माण गर्न काठमाडौँ गएकी इन्दिराले काम खोज्ने व्रmममा अमृत बोर्डिङ स्कुलमा शिक्षण पेसा सुरु गरिन् । सौभाग्य, इन्दिराको त्यही स्कुलमा पढाउने नेपालकै चर्चित साहित्यकार पारिजातसँग भेट भयो । पारिजातले इन्दिराको देशको सेवा गर्ने भावना बुझेपछि, ‘तिमी जस्तो मान्छे मसँग काम गर्नुपर्छ’ भन्दै जेल लिएर गइन् । इन्दिरा सम्झन्छिन्, ०४७ सालको प्रजातन्त्र दिवसको दिनको कुरा हो । पारिजातले इन्दिरालाई मानवअधिकार सम्बन्धी काम गर्ने संस्था ‘पामको’ व्रिmयाशील सदस्य बनाएपछि उनको दैनिकी फेरियो ।

शनिवार र आइतवारको स्कुल बिदामा उपत्यकाभित्रका नख्खु, डिल्ली बजारका जेल गएर त्यहाँ कस्ता महिलाहरु आउँछन्, कति महिला आउँछन्, तिनीहरुलाई यातना दिइन्छ कि दिँदैनन्, बालबालिका कति छन् ? यस्तै विवरण लिएर पारिजातलाई बुझाउने काम गर्थिन् इन्दिरा । यही व्रmममा कैदी बाबुआमासँग जेलमा बालबालिका देख्दा अच्चम उनलाई लाग्थ्यो । यो उनको लागि पीडादायक प्रसङ्ग थियो । इन्दिरा आफ्नो बाल्यकालको पीडाभन्दा बढी पीडादायक दृष्य महसुस गर्दथिन् । त्यही घटनाले प्रभावित भई इन्दिराले जेलका बालबालिकाको उद्धारमा लाग्छु भन्ने मानसिकता बनाइसकेकी थिइन् । पारिजातसँगको सहयात्रा करिव तिनवर्षसम्म चल्यो । यसै बिचमा पारिजातको २०४९ सालमा निधन भयो ।

जेलमा बाबुआमासँग रहेका बालबालिकाको १० वर्षसम्म समय खेर जान्छ । यही चिन्ताले इन्दिरालाई सताइरहेको थियो । तर, मानवअधिकार सम्बन्धी काम गर्ने संस्था पामले कैदीसँग रहेका उनीहरुका बालबालिका नल्याउने भएको र इन्दिराले आफ्नै ढङ्गले काम गर्न पनि अर्कै संस्थाको आवश्यकता परेको थियो । पारिजातको निधन भएको करिव आठ वर्षपछि इन्दिरा रानामगरले जेलमा रहेका बालबालिकालाई पुनस्र्थापना गर्ने उद्देश्यसहित २०५७ सालमा बन्दी सहायता नेपालको स्थापना गरिन् । सुरु–सुरुमा जेलका बालबालिकालाई ल्याएर आफू बसेकै कोेठामा राख्ने अनि आफैले शिक्षण गरेर कमाएको पैसाले खर्च चलाउन थालिन् । पछि व्रmमशः दाताको खोजी गरी बालबालिकालाई बस्ने, खाने, शिक्षा, सीप दिने व्यवस्था मिलाइन् ।

प्रारम्भिक अवस्थामा बन्दी सहायता नेपालको उद्देश्य कैदीका बालबालिकालाई उद्धार र पुनस्र्थापना गर्ने भएपनि समय बित्दै जाँदा संस्थाको उद्देश्य स्पष्ट गरियो । जेलमा रहेका बालबालिकाको सुरक्षा, सकारात्मक वातावरण प्रदान गर्ने, उनीहरुको परिवार र स्थानीय स्तरमा उनीहरुलाई पुनस्र्थापना गर्ने, कमजोर आर्थिक अवस्था भएका कैदीका परिवारलाई आयआर्जनमा सघाउ पुर्याउने, कैदीका आधारभूत अधिकार, मानवअधिकार र उनीहरुको हितमा काम गर्ने, कैदमुक्त भएका व्यक्ति र उनका परिवारलाई सीप, अवसर प्रदान गर्ने र अपराध कम गर्ने व्यक्तिलाई अर्थपूर्ण व्रिmयाकलापमा सामेल गराउने ।

आज बन्दी सहायता नेपालले देशका विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गरी धेरै कार्यव्रmम लिएर अघि बढेको छ । बालबालिका लागि जुनकिरी शिक्षा, केटीहरुका लागि छात्रा शिक्षा नेपाल महिला कार्यव्रmम, पुरुष कार्यव्रmम, मानसिक स्वास्थ्य कार्यव्रmम, परिवार सहायता कार्यव्रmम, दिगो विकास कार्यव्रmम, युवा कार्यव्रmम र नयाँ बस्ती कार्यव्रmमलगायत छन् ।
बन्दी सहायता नेपालले सुरुवात गरेको कार्यव्रmममध्ये जुनकिरी शिक्षा कार्यव्रmम अन्तर्गत कैदीका बालबालिका र विभिन्न स्थानका असहाय बालबालिकालाई शिक्षा दिइने गरिएको इन्दिराले बताइन् । नेपालभरिमा दसवटा बालगृहमा आवासीय र स्थानीय गरी जम्मा ४ सय ५० जना बालबालिकाले शिक्षा लिने अवसर पाएका छन् । जसमा जेलबाट ल्याएका २ सय ५० र गाउँका २ सय छन् ।

नेपाली समाजमा छोरा सरह छोरीलाई समान व्यवहार गरिँदैन । त्यसैले छोरीलाई शिक्षामा उत्प्रेरित गर्न र लैङ्गिक विभेद न्यूनीकरण गर्न ‘छात्रा शिक्षा नेपालको’ अवधारणा छ । जसलाई फिन्डलेण्डकी नोना गिरी र न्युजिलेण्डका अमाण्डा मेकीले सहयोग गरेका छन् ।

महिलाहरु कैदमुक्त भइसकेपछि उनीहरुलाई समाजले कैदमुक्त पुरुष सरह पुनस्र्थापित हुन कठिन हुन्छ । महिला सशक्तिकरण गर्न जेलमा र जेलबाट बाहिर आएपछि उनीहरुलाई आत्मनिर्भर हुन विभिन्न किसिमका सीपमूलक तालिम दिने, उनीहरुका निम्ति चेतनामूलक तालिम दिएर पुनस्र्थापना गर्न सघाउने संस्थाको उद्देश्य रहेको उनले बताइन् ।

बन्दी सहायता नेपालले मुख्यगरी महिला कार्यव्रmममा जोड दिए पनि जेलमा रहेका पुरुष कैदीहरुका लागि परामर्श, सीप सिकाइलगायतका कार्य नख्खु र डिल्ली बजारका जेलमा गर्दै आएको छ ।

कतिपय महिला पुरुषले विगत जीवनमा दर्दनाक पीडाहरु भोग्नु परेको हुन्छ । जसका कारण वर्तमान जीवनमा त्यसको असर हरदम परिरहेको हुन्छ । उनीहरुको मानसिक स्वास्थ्यका लागि परामर्श दिने गर्छ ताकि उनीहरुको वर्तमान पीडादायक नहोस् ।
पछिल्ला दिनमा बन्दी सहायता नेपालले नयाँ बस्तीको अवधारणा ल्याएको छ । एउटा बस्तीमा सबै जातजाति, धर्म, संस्कृति भएका धनी तथा गरिव बस्ने गर्दछन् । तिनीहरुको न्यूनतम् आवश्यकता पूरा हुनुपर्छ । स्वास्थ चौकी, स्कुल, बाटो, पुल, बालबालिका लागि सुरक्षा, बालगृह, घरेलु हिंसामा परेका महिला बालबालिकालाई पुनस्र्थापना गर्न सहर नपठाएर गाउँमै पुनस्र्थापना गर्नुपर्छ । त्यसो नभए यौन हिंसा, चेलीवेटी बेचबिखन हुने, आपराधिक व्रिmयाकलापमा सामेल हुने सम्भावना हुन्छ । इन्दिरा दावी गर्छिन्– ‘नयाँ बस्तीको अवधारणा कार्यान्वनले बालसुरक्षा हुने, महिला सशक्तिकरण, दिगो विकासमा टेवा पुग्ने, युवा सशक्तिकरण हुने र बसाइँ सराई रोक्न मद्दत पुग्छ ।’

झापाकी चेली इन्दिराले लिएको महान उद्देश्य साकार हुँदैछ । कतिपय हुने व्रmममा छन् । उनले बन्दी बालबालिका र बन्दीहरुको सहायताका लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत र सम्मान गरिएको छ ।

सन् २००५ मा अशोका फेलोसीप, सन् २००९ मा न्यूयोर्कस्थित एसिया सोसाइटीको एसिया २१ योङ लिडर पब्लिक सर्भिस अर्वाड, सन् २०१४ मा बालबालिकाको क्षेत्रमा नोवेल पुरस्कार मानिने वोल्ड चिल्ड्रन प्राइजमा विश्वका तिन जनामा मनोनित भएर विश्व बाल मानार्थ पुरस्कारले सम्मानित भएकी छन् । नेपालमा पनि विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेकी उनीले आफुले कहिले पनि पुरस्कार र मानसम्मानका लागि काम नगरेको उनी बताउँछिन् । आफुले पालेका बालबालिकाले आमा भनेर अङ्कमाल गर्द सधँै नै पुरस्कृत भएको महसुस हुन्छ, इन्दिरालाई ।

…………………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: