असोज १ गते राति ८ वजे दीप प्रज्वलन गर्न सरकारको आग्रह

  प्रकाशित मिति
२८ भाद्र २०७७, आईतवार १९:१५


मेचीनगर, २८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरुको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभाग उपचार सेवा महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए ।

विश्व विरामी सुरक्षा दिवसको अवसरमा मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा.पोखरेलले जनाए ।

यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: