असोज १ देखि सार्वजनिक गाडी चलाउने यातायात व्यवसायीको घोषणा

  प्रकाशित मिति
२४ भाद्र २०७७, बुधबार १६:३८


मेचीनगर, २४ भदौ । आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन् ।

बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राईले सरकारलाई सार्वजनिक सवारी सञ्चालनका लागि विकल्प दिन भनिएको बताए ।

सरकारले यातायात सञ्चालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको उनले बताए । ‘यतिञ्जेल हामीले जसोतसो धान्यौं, अब सकिँदैन’ उनले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताए । कोरोना संक्रमण कम भएका ठाउँमा यातायात चलाउन सकिने सुझाव आफूहरुले दिएको उनले बताए ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: