अस्ट्रेलियाको पीआर लिनेमा नेपाली नवौँ स्थानमा

  प्रकाशित मिति
२२ पुष २०७२, बुधबार ०५:३०


विर्तामोड । अस्ट्रेलियाको आवासीय अनुमति लिने विश्वभरका मानिसमा नेपाली नवौँ स्थानमा परेका छन् ।

अस्ट्रेलिया सरकारले हालै सार्वजनिक गरेको ‘टप टेन’ पिआर पाउने देशका आप्रवासीहरूको तथ्याङ्क अनुसार ४ हजार १ सय ३० जना नेपालीले सन २०१५ मा अस्ट्रेलियाको स्थायी बसोबासको अनुमति लिएका रहेछन् । तथ्याङ्क अनुसार भारत पहिलो नम्बरमा छ भने मलेसिया दशौँ नम्बरमा छ ।

यो सङ्ख्याले अस्ट्रेलियामा नेपालीहरू भविष्य खोज्न चाहन्छन् भन्ने देखाएको मात्र छैन उनीहरू विश्वस्तरमै योग्य र सक्षम छन् भन्ने पनि पुष्टि भएको छ । अन्य देशको तुलनामा अस्ट्रेलियाको आवासीय नीति सरल र त्यहाँको सामाजिक बनोट नेपालीका लागि सहज रहेको जानकारहरू बताउँछन् ।

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका निर्देशक खेमराज सङ्ग्रौलाले पीआरमा योग्य हुन शैक्षिक योग्यता, अङ्ग्रेजी भाषाको ज्ञान आदिमा प्रतिष्पर्धा हुने भएकाले यसमा नवौँ स्थानमा पर्नु भनेको अस्ट्रेलियामा नेपालीको योग्यता प्रमाणित भएको बताए ।

नेपालीले जसरी अस्ट्रेलियालाई मन पराउँछन्, त्यसरी नै अस्ट्रेलियाले नेपालीलाई माया गरेको समेत यसबाट पुष्टि हुने निर्देशक सङ्ग्रौला बताउँछन् ।

नेपालबाट अध्ययनका लागि जाने विद्यार्थीहरूको सङ्ख्या अनुसार आगामी वर्षमा यो सङ्ख्या अझ वृद्धि हुनसक्ने जानकारहरूको भनाई छ । उच्च शिक्षा र सुरक्षित भविष्यको लागि अस्ट्रेलिया जाने हजारौँ नेपालीहरूले वर्षेनी त्यहाँको स्थायी बसोबासको अनुमति लिनु खुसीको कुरा भए पनि नेपालले भने वर्षेनी सोही सङ्ख्यामा युवा र दक्ष जनशक्ति भने गुमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: