‘अस्ट्रेलियाको प्रधानमन्त्री बन्न पाउँछु’

  प्रकाशित मिति
२७ पुष २०७२, सोमबार १०:५२


 

export copy
चितवनको एउटा गाउँमा जन्मेका बद्री अर्याल विदेशमा राम्रो पढ्ने रहर पूरा गर्न २० बर्ष अघि अस्ट्रेलिया पुगेका थिए । पहिलो नजरमै त्यहाँको जीवनशैली मन पराएका उनी अहिलेसम्मै उतै छन् । तर उनले त्यहाँको नागरिकता मात्र लिएका छैनन्, नेपालीलाई सुरक्षित र भरपर्दो माध्यमबाट अस्ट्रेलियामा पढ्न पठाउन सघाउने एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज नामक कन्सल्टेन्सी समेत उनले सञ्चालन गरिरहेका छन् । एक्सपर्ट एजुकेसनका संस्थापक एवम् डाइरेक्टर अर्याल ‘माइग्रेसन ल’का विज्ञ हुन् । दुई दिन अघि मात्र सिड्नीबाट विर्तामोड आइपुगेका उनीसँग लोकतन्त्र पोस्टका मोहन काजीले लिएको ताजा अन्तर्वार्ता प्रस्तुत छ–

तपाई नेपाली कि अस्ट्रेलियन ?
म पहिले नेपाली, अहिले अस्ट्रेलियन नागरिक हुँ । सिड्नीबाट नेपाल आउँदा मैले पासपोर्ट प्रयोग गर्नु पर्यो । अस्ट्रेलियाको नागरिकता पाइसकेको छु, त्यहाँको मतदाता हुँ । यसरी पनि बुझ्न सकिन्छ कि मैले चुनावमा उठेर अस्ट्रेलियाको प्रधानमन्त्री समेत बन्न पाउँछु ।

नेपाल कहिले छाड्नु भयो ?
२० बर्ष पहिले । यसको छुट्टै कथा छ । अस्ट्रेलियामा त्यसबेला व्रिmवmेटको वल्र्डकप हुँदै थियो । श्रीलङ्कालाई जितेको बेला अस्ट्र«ेलिया भन्ने देश पनि रहेछ भन्ने थाहा भयो । साथीहरू अस्ट्र«ेलिया जाने भन्न थाले, मैले पनि रोजे । उतै बस्दै जाँदा नेपाल छाडियो ।

कसरी पुग्नु भयो उता ?
म भन्दैथिएँ । मेरो घर चितवन हो । एक जना दाइ रसियामा स्कलरशिपमा पढ्न जानु भएको थियो । विदेशमा पढ्ने मलाई रहर लाग्यो । अमेरिका जान चाहिँ मन लागेन । व्रिmवmेटको विश्वकप जित्ने देश अस्ट्रेलिया मन पर्यो । त्यसबेला काठमाडौँमा एउटा मात्र कन्सल्टेन्सी थियो । सय भन्दा बढी नेपाली अस्ट्रेलिया पुगेकै थिएनन् । पढ्ने रहर पुरा गर्न म उता पुगेँ ।

अस्ट्रेलिया पुग्दाको पहिलो अनुभूति कस्तो थियो ?
अचम्मै लाग्यो पहिलोपल्ट देख्दा । २० बर्ष अघि पनि अस्ट्र«ेलियाका शहरहरू सफा र सुन्दर थिएँ । त्यहाँका मानिसको बोली व्यवहार पनि उस्तै राम्रो लाग्यो । एकदमै रमाइलो र फ्रेण्डली फिलिङ भयो । मेरो केही भविष्य यतै छ जस्तो लाग्यो । अनि मैले अस्ट्रेलियामा अध्ययनबाट स्ट्रगल सुरु गरेँ ।
कहाँ पढ्न थाल्नु भयो ?
होल्मस् इन्स्टिच्यूट नामको कलेजमा सर्वप्रथम विजनेस मेनेजमेन्ट पढ्न थाले । पार्ट टाइम पनि गरेँ । हप्तामा २० घण्टा काम गर्न थालियो । त्यसपछि आइटीमा एड्भान्स डिप्लोमा पढ्न थालेँ । आइटीमा व्याचलर कम्प्लीट भएपछि कन्सल्टेन्सीको जागिर २ बर्षसम्म गरेँ । पछि जागिर खान मन लागेन, कानून पढ्न थालेँ । माइग्रेसन ल (कानून) पढेपछि आफै कम्पनी खोलेर अरुलाई जागिर दिन थालियो ।
एक्सपर्ट एजुकेसन चाहिँ कसरी सुरु भयो ?
पहिले म एक्लै थिएँ । सञ्जीव शर्माको पनि यस्तै कन्सल्टेन्सी कम्पनी थियो । दुबैले कम्पनी मर्ज गरेर एक्सपर्ट एजुकेसन सञ्चालनमा ल्यायौँ । यो सन् २००६ तिरको कुरा हो ।

अस्ट्रेलियाको बारेमा केही पनि थाहा नभएको नेपालीले ‘कस्तो छ’ भनेर सोध्यो भने ?
संसारकै उत्कृष्ट, सुन्दर र सुरक्षित देशमध्ये एक हो अस्ट्रेलिया । म आफ्नै देश नेपालमा कि अस्ट्रेलियामा मात्र रमाउन सक्छु । मैले अमेरिका, यूरोप, अफ्रिका लगायतका धेरै मुलुक घुमेँ । अहँ नेपाल र अस्ट्रेलियामा जस्तो आनन्द र सौन्दर्य अन्त कतै पाइँन । बर्षमा १० महिना म अस्ट्रेलियामा र २ महिना नेपालमा हुन्छु ।

अस्ट्रलिया यति राम्रो हुनुको कारण ?
अति नै सुरक्षित भविष्य भएको विकसित देश हो अस्ट्रेलिया । त्यहाँको ६० प्रतिशत भन्दा ज्यादा जनसङ्ख्या बाहिर मुलुकबाटै भित्रिएको हुँदा त्यहाँ मिक्स सोसाइटी छ । कुनै विभेद छैन । शिक्षा, सुरक्षा, रोजगारी, जीवनशैली आदिका हिसावले संसारकै बस्न योग्य देशको टप टेनमै पर्छ अस्ट्र«ेलिया । यहाँको भन्दा ठिक उल्टो छ मौसम । अहिले नेपालमा जाडो छ, उता गर्मी । न गर्मी न जाडो, त्यहाँको वातावरणको विशेषता हो ।

विदेशमा पढ्न चाहने नेपालीले किन अस्ट्रेलिया नै रोज्ने ?
अस्ट्रेलियाको एजुकेसन सिस्टम एकदमै स्ट्रोङ र विश्वकै उत्कृष्ट छ । अमेरिकी र बेलायतीहरू पनि पढ्नका लागि अस्ट्र«ेलिया आउने गरेका छन् । त्यहाँको गभर्मेन्टले एजुकेसनमा धेरै ध्यान दिएको छ । पढ्ने विद्यार्थीलाई काम गर्ने सुविधा दिन्छ । पढिसकेपछि २ बर्ष वर्किङ भिसा दिन्छ । अस्ट्र«ेलियाको सरकारले पढ्न आउ, पढिसकेपछि काम गर र पढ्दा लागेको खर्च उठाउँ भन्ने नीति लागू गरेको छ । दक्ष व्यक्तिलाई पर्मानेन्ट भिसा पनि दिन्छ । पढाईको भ्यालु पनि राम्रो छ । विश्वको कुनै पनि देशमा अस्ट्र«ेलियामा पढेकाको उच्च मूल्याङ्कन हुन्छ । म यही विषयमा विर्तामोडस्थित एक्सपर्ट एजुकेसनको सेमिनार हलमा पुस २७ गते (आज) विद्यार्थी तथा अभिभावकहरूलाई निःशुल्क परामर्श दिन अस्ट्रेलियाबाट आएको छु ।

एक्सपर्ट एजुकेसन नै किन रोज्ने ?
यो एक मात्र त्यस्तो कम्पनी हो, जसको नेपालमा ५ वटा र अस्ट्रेलियामा ५ वटा शाखा कार्यालय छन् । एक्सपर्टले अस्ट्रेलियाको लागि मात्र काम गर्छ । हामी अस्ट्रेलिया जान सघाउँछौँ, गइसकेपछि फर्दर सपोर्ट पनि गर्छौँ । त्यहाँको भाषा, जीवनशैली, रहनसहनमा भिज्ने तरिका, रोजगारी र कानूनी सहजताका लागि सहयोग गर्छौँ । त्यसकारण पढ्नका लागि अस्ट्र«ेलिया जानका लागि एक्सपर्ट एजुकेसन सुरक्षित र पुरै भरपर्दो संस्था हो । यो वेल स्टाविलिस्ट कम्पनी हो । एक्सपर्टले नेपालमा ८० जना र अस्ट्र«ेलियामा ६० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । १५ हजार जनालाई अहिलेसम्ममा अस्ट्र«ेलिया पढ्नका लागि सहजीकरण गरिसकेका छौँ । कोही अस्ट्र«ेलिया जाँदै हुनुहुन्छ भने एकपटक एक्सपर्ट एजुकेसनमा अवश्य आउनु होस् र परामर्श लिनुहोस् ।

तपाईहरू नेपालका राम्रा विद्यार्थी विदेश लैजाने गर्नु हुन्छ, फर्काउने कुरै गर्नु हुन्न भन्ने आरोप पनि छ नि ?
विदेशमा पढेर र सिकेर नेपालमै फर्किन्छु र देशमै बसेर सेवा गर्छु भन्नु राम्रो हो । तर अब त संसार नै एउटा घर जस्तो भइसक्यो । अस्ट्रेलियामा बसेर एनआरएनका अध्यक्ष शेष घलेजीले नेपालको सेवा गर्नु भएको छैन र ? जहाँ बसे पनि जहाँ रहे पनि नेपालको सेवा गर्न सकिन्छ । एउटा कुरामा चाहिँ मेरो के विशेष अनुरोध छ भने विदेशबाट फर्केपछि नेपालमा आएर काम खोज्ने होइन, अरुलाई जागिर खुवाउँछु भन्ने सोच राखिदिनु पर्यो ।

२० बर्ष अस्ट्रेलिया बस्दा बन्द हड्तालको कस्तो अनुभव भयो ?
२० बर्षदेखि अस्ट्रेलियामा बसिरहेको छु, एक दिन होइन, एक छिन पनि बन्द हड्ताल भएको पाएको छुइँन । विजुली र पानी लोडसेडिङको कुरा नेपालमा मात्र सुनेको र भोगेको छु ।

अस्ट्लिया अर्थात त्यहाँको राजधानी सिड्नीबाट नेपाल सम्झिँदा कस्तो लाग्छ ?
नेपाल अति सुन्दर देश हो, यहाँको जस्तो प्राकृतिक सम्पदा अन्त कतै पाइँदैन । चीन र भारत जस्ता दुई ठूला देशको वीचमा अथाह सम्भावना बोकेर हाम्रो देश उभिएको छ । तर म अस्ट्र«ेलिया गएपछिको २० बर्षमा पनि खासै प्रगति भएको पाइन । समस्या धेरै छन्, तथापि नेपालको सुन्दर भविष्य अझै छ ।

नेपाल के गर्दा समृद्ध हुन्छ जस्तो लाग्छ तपाईलाई ?
दीगो शान्ति र राजनीतिक स्थिरता चाहिन्छ । बारम्वार परिवर्तन भइरहनु राम्रो हुँदैन । कम्तीमा ४ बर्ष कुनै पनि सरकारले स्थायित्व पाउनु पर्छ । सोच्ने तरीका बदलिनु पर्यो । अनुशासनलाई मान्न सकियो भने देश सप्रिन्छ । राष्ट्रका लागि केही गर्छु भन्ने सोच हरेक नागरिकमा आउनु पर्यो ।
……………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: