अस्ट्रेलिया आकर्षण बढ्दै

  प्रकाशित मिति
४ भाद्र २०७३, शनिबार १५:३७


expertविर्तामोड । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले विर्तामोडमा शनिवार अस्ट्रेलिया शिक्षाबारे जानकारी दिने उद्देश्यले निःशुल्क सेमिनार सम्पन्न गरेको छ ।

एक्सपर्टको फराकिलो हलमा आयोजित सेमिनारमा विराटनगर, इटहरी, इलाम र झापाका एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

सेमिनारमा अस्ट्रेलियाको सिड्नीबाट आएका चाल्र्स स्टर्ट युनिभर्सिटीका एकाडेमिक डाइरेक्टर जेफ्री गस्पर र एक्सपर्टको सिडनी डाइरेक्टर बद्री अर्यालको विशेष प्रस्तुति रहेको थियो ।

एक्सपर्टका डाइरेक्टर खेम सङ्ग्रौलाले सहजीकरण गरेको कार्यक्रममा जेफ्री गस्पर, बद्री अर्याल र खेम सङ्ग्रौलाले अस्ट्रेलिया शिक्षा र आप्रवास कानूनको विषयमा विस्तृत जानकारी दिएका थिए ।

अस्ट्रेलियाले पढ्न आउने नेपालीका लागि के कस्तो सुविधा उपलब्ध गराएको छ र जानका लागि कस्तो प्रक्रिया अपनाउनु पर्छ भन्ने सन्दर्भमा विज्ञहरूले सहभागीलाई व्यक्तिगत रुपमै पनि परामर्श उपलब्ध गराएका थिए ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई जानका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको एक्सपर्ट एजुकेसनले पूर्वी नेपालका लागि विर्तामोड कार्यालयमार्फत सेवा पुर्याउँदै आएको छ ।

(२०७३ भदौ ४ गते अपरान्ह ३ बजे प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: