अस्ट्रेलिया नै किन पढ्ने ?

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार १०:५६


writer

भर्खरै कक्षा १२ को परीक्षा दिएका भाइवहिनीहरूमध्ये कतिपयलाई विदेशको उत्कृष्ट कलेजमा अध्ययन गर्ने इच्छा अवश्य पनि होला । गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । भरसक स्वदेशमै पढेको राम्रो हो । तर शिक्षाका कैयन यस्ता विषय छन्, जो पढ्नका लागि विदेशै जानु पर्ने बाध्यता छ ।

डेढ दशकदेखि हामीले अस्ट्रेलियामा विद्यार्थीलाई पढ्न जानका लागि सघाइरहेका छौँ । यस क्षेत्रको एउटा अनुभवीको हैसियतमा मैले भाइवहिनीहरूलाई के इमान्दार सल्लाह दिन चाहन्छु भने यदि विदेशमा पढ्ने सोच छ भने तपाई दायाँवायाँ नअल्मलिई अस्ट्रेलिया रोज्नुस् । किनकि, त्यहाँ नेपालीका लागि संसारकै सबैभन्दा उपयुक्त शैक्षिक वातावरण छ ।

अस्ट्रेलिया त्यस्तो समृद्ध र सभ्य मुलुक हो, जहाँ विदेशी (आप्रवासी)लाई सबैभन्दा बढी माया र स्वागत गरिन्छ । त्यहाँका कलेज र युनिभर्सिटीहरूले विदेशी विद्यार्थीलाई पढ्न आउन् भनेर आकर्षणयुक्त सुविधा र अवसरको कानूनी रुपमै ग्यारेन्टी गरेका हुन्छन् । त्यहाँको सरकार समेतले कुनै कलेजबाट गडबडी नहुने प्रतिबद्धता जाहेर गरेको हुन्छ । मलाई लाग्छ यस्तो शैक्षिक सुविधाको ग्यारेन्टी विश्वका अन्य कुनै देशका युनिभर्सिटी र सरकारले गरेका छैनन् ।

‘प्लस टु’ पछि हरेक विद्यार्थी र उसको अभिभावकले सुन्दर भविष्यको सुमधुर सपना देखेको मात्र हुँदैन, एउटा ठोस योजना पनि बुनेको हुन्छ । राम्रो डिग्री हासिल गर्ने, राम्रो जागिरमा लाग्ने, राम्रो जीवन जिउने आदि आदि । यी सपना तब मात्र साकार हुन्छन्, जब हामी विद्यार्थीलाई राम्रो विषयमा राम्रो शिक्षाको अवसर दिलाउन सक्छौँ । आजभोलि अभिभावकमा धेरै सचेतनता आएको छ । उहाँहरू सन्ततिको सुखद् भविष्यका लागि शिक्षामा जति पनि लगानी लगाउन तयार हुनुहुन्छ । के गर्ने र कसो गर्ने भन्ने चिन्ता अवश्य हुन्छ, तथापि तपाईहरूले अस्ट्र«ेलियामा पढाउन सक्नु भयो भने लगानी खेर जाँदैन । यो आश्वासन होइन, फकाउने कुरा पनि होइन, दुनिया सामू छर्लङ्ग भएको वास्तविकता हो ।

अब म अस्ट्रेलिया पढ्न जान चाहनेका लागि केही जानकारी साट्न चाहन्छु । अस्ट्रेलियामा अङ्ग्रेजी भाषा प्रचलित छ । अरु जुनसुकै भाषाको सम्मान हुन्छ, तथापि अङ्ग्रेजी भाषामा दख्खल छ भने कोही कसैले त्यहाँ दुःख पाउँदैन । यदि अस्ट्रेलिया पढ्ने सोच बनाउनु भएको छ भने सबैभन्दा पहिला अङ्ग्रेजी भाषाको अन्तर्राष्ट्रिय मापदण्डमा आफुलाई अपडेट गराउनु होस् ।

अङ्ग्रेजी भाषाको अन्तर्राष्ट्रिय मापदण्ड भन्नाले आइइएलटीएस अर्थात इन्टरनेशनल इङ्लिश ल्याङ्वेज टेस्टिङ सिस्टम बुझ्नु पर्छ । कक्षा ११ उत्तीर्ण भइसकेर कक्षा १२ को परीक्षा दिएका आत्मविश्वासी विद्यार्थीहरूले अस्ट्रेलिया जानका लागि तयारी थाल्ने बेला भइसक्यो । आइइएलटीएस कोर्स गर्न तत्काल नथाल्ने हो भने प्रोसेस पूरा गर्न ढिला हुनसक्छ ।

आइइएलटीएस टेस्ट भनेको अङ्ग्रेजी भाषाको मापन हो । यसका लागि झापाको विर्तामोडमा एक्सपर्ट एजुकेसनले प्रिपरेसन कक्षा सञ्चालन गर्दै आएको छ । त्यहाँ गएर कक्षा लिन सकिन्छ । परीक्षा चाहिँ व्रिटीश काउन्सिलले लिन्छ । अस्ट्रेलिया पढ्न चाहनेका लागि यो पहिलो योग्यताको खुड्किलो हो । आइइएलटीएस परीक्षामा ९ पूर्णाङ्क हुन्छ । नर्सिङ पढ्नका लागि ७ अङ्क र अन्य विषय पढ्न ६.५ अङ्क ल्याएको हुनु पर्छ । त्योभन्दा कम अङ्क ल्याएको भ्यालु हुँदैन ।

अस्ट्रेलियामा नर्सिङ पढ्नका लागि बर्षमा एकपल्ट मात्र भर्ना अवसर हुन्छ । फेब्रुअरी इन्टेकमा मात्र नर्सिङ विषयको एडमिसन हुने भएकाले अहिल्यै तयारी थालेन भने आउँदो फेब्रुअरीमा एडमिसनको चान्स गुम्न सक्छ । अङ्ग्रेजीको आइइएलटीएस पूरा गर्न डेढ महिना लाग्छ, पासपार्ट बनाउन समय लाग्छ, अनि कक्षा १२ को रिजल्ट आउन पनि केही महिना अवश्य लाग्छ । तसर्थ कक्षा १२ को परीक्षा भर्खरै दिएका अर्थात अस्ट्रेलिया जान चाहने नर्सिङ विषय रोज्नेहरूले अब पटक्कै विलम्ब नगर्नुहोस् । समय खेर फाल्नु हुँदैन । नत्र एक वर्ष खेर जान सक्छ ।

अस्ट्रेलियामा फेब्रुअरी, जुलाई र नोभेम्वर गरी तीन वटा शैक्षिक सत्र हुन्छन् वर्षमा । नर्सिङ वाहेकका सबै विषयमा अरु जुनसुकै शैक्षिक सत्रमा एडमिसन गर्न सकिन्छ । कतिपय विद्यार्थीलाई रिजल्ट पर्खिने र प्रोसेस सुरु गर्ने हो कि भन्ने लाग्न सक्छ । तर त्यसो होइन । कक्षा १२ को परीक्षा दिइसकेपछि ढिला नगरी आइइएलटीएस पूरा गर्ने, पासपोर्ट बनाउने लगायतका प्रोसेस सुरु गरिहाल्नु बुद्धिमानी हुन्छ ।
एक्सपर्ट एजुकेसन अस्ट्रेलियामा पढ्न जान चाहनेका लागि परामर्श दिने मुलुककै उत्कृष्ट कन्सल्टेन्सी हो । अहिलेसम्ममा यसैको परामर्शबाट हजारौँले अस्ट्रेलियामा पढ्ने अवसर पाइरहेका छन् । गत फेब्रुअरी इन्टेकमा मात्रै पनि सयौँ विद्यार्थी यसैमार्फत अस्ट्रेलिया पुगेका छन् । वर्षेनी सयौँका दरले विद्यार्थी एक्सपर्टमार्फत अस्ट्रेलिया पुग्छन् । हाल नेपालको विर्तामोड, काठमाडौँ, बुटवल, पोखरा लगायतका स्थानहरूमा शाखा स्थापना भइसकेको र अस्ट्रेलियाको सिड्नी, मेलवर्न लगायतका विभिन्न सहरमा शाखा सञ्चालन गरेकाले यो वृहत नेटवर्किङ भएको विश्वसनीय कन्सल्टेन्सी बन्न पुगेको छ ।

हाम्रो एक्सपर्ट एजुकेसन अस्ट्रेलियामा पढ्न जान चाहने हजारौँ नेपाली विद्यार्थीलाई भरपर्दो परामर्श सेवा उपलब्ध गराउन प्रतिबद्ध छ । राम्रो युनिभर्सिटीको छनौट, भिसाको सरल प्रक्रिया र पूर्वतयारी बारेमा हामीले दिएको परामर्श सबैभन्दा उत्कृष्ट ठहरिदै आएको छ ।
एक्सपर्टले प्लस टु गरेका अर्थात भर्खर्र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि अस्ट्रेलिया पढ्नका लागि फोकस गर्दै विभिन्न सुविधाहरू ल्याएको छ । जस्तो कि आइइएलटीएस प्रिपरेसनमा एक्सपर्टले ५० प्रतिशत छुट दिने भएको छ । यसले विगत १६ वर्षदेखिका अनुभवि शिक्षक हरि ओलीलाई आइइएलटीएस प्रशिक्षक नियुक्ति गरेको छ । उहाँ काठमाडौँका प्रसिद्ध प्रशिक्षक हुनुहुन्छ । उहाँको घर झापा नै भएकाले उहाँप्रति झापालीको बढी विश्वास र स्नेह हुनु स्वाभाविकै हो ।

अन्त्यमा, म फेरि पनि भन्छु कि अस्ट्रेलियाले धेरै नेपालीको भविष्य बनाएको छ । मल्टी कल्चरल कन्ट्री भएकाले त्यहाँ जानेले आजसम्म भाषा, संस्कृति र शैक्षिक वातावरणमा कुनै गुनासो गर्ने ठाउँ भेटेकै छैनन् । पढाइको गुणस्तर विश्वस्तरको भएकोमा कुनै शङ्कै छैन । विश्वबजारमा अस्ट्रेलिया पढेको भनिसकेपछि राम्रो मानिन्छ । त्यहाँ पढ्दै पार्ट टाइम नोकरी गर्ने अवसर पाइन्छ । पढिसकेपछि कम्तीमा २ वर्ष नोकरीका लागि अस्ट्रेलिया सरकारले नै वर्किङ भिसाको व्यवस्था गरिदिएको हुन्छ । आउनुहोस् एक्सपर्टको विर्तामोडस्थित कार्यालय भिजिट गर्नुहोस् । वास्तविकता राम्ररी थाहा पाउनु होस् र ढुक्कले अस्ट्रेलिया प्रोसेस सुरु गर्नु होस् । हामी भविष्यको रेखा कोर्ने ट्रयाक देखाइदिन्छौँ । तपाईलाई नै सुनौलो अवसरले पर्खिरहेको हुनसक्छ ।

(लेखक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका मेनेजिङ डाइरेक्टर हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: