अस्ताए संविधान निर्माणका अभियन्ता

  प्रकाशित मिति
२७ माघ २०७२, बुधबार १३:२७


27-sushil-koirala

काठमाडौँ, २७ माघ । छ दशकअघिदेखि संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको सदीक्षा पूरा गर्न प्रमुख भूमिका निर्वाह गरेका नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला सदाका लागि हामीबाट बिदा भएका छन् ।

संविधान निर्माणमा कसैको हार र कसैको जित हैन सबैले जितेको ‘विन विन सिचुयसन’ बनाउन जोड दिएका कोइरालाले सरकार गठन भएको २० महिनामै संबिधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

चार जना प्रधानमन्त्रीको कार्यकाल सकिँदा पनि संविधान जारी हुन नसकेपछि अघिल्लो संविधानसभा विघटन हुन पुगेको थियो । त्यसपछि गठन भएको दोस्रो संविधानसभामा ठूलो दलको हैसियतले २०७० माघ २७ गते कार्यकारी प्रमुखको जिम्मेवारी बहन गरेका कोइरालाले संविधानको अन्तरवस्तुमा प्रमुख दलहरूबीच तिक्तता बढेकै बखत उनकै पहल र सहजीकरणमा १६ बुँदे सहमतिबाट संविधान जारी गर्न मार्ग प्रशस्त भएको थियो ।

मुलुकको ३७ औँ प्रधानमन्त्री तथा गणतन्त्र नेपालको छैटाँै प्रधानमन्त्री बन्नु भएका कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख भएका थिए । । संविधान जारी भएको केही समयपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उनले प्रधानमन्त्रीबाट राजीनामा दिए ।

लामो समयदेखि अबुर्द रोग विरुद्ध सङ्घर्ष गर्दै आएका ७६ वर्षीय अविवाहित कोइराला राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट उनी सभापतिमा निर्वाचित भएका थिए ।

पार्टीको १३औँ महाधिवेशनको तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहका उनलाई पुनः पार्टी सभापतिका प्रत्याशीका रूपमा समेत हेरिएको थियो । पार्टीभित्रका तीन शीर्ष नेतामध्येका प्रमुख कोइरालाको निधनले काँग्रेस पार्टीका साथै सिङ्गो राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको छ ।

त्यागी, निष्ठावान्, उच्च विचारका धनी र सादगी जीवनका प्रतिमूर्ति उहाँ राजनीतिमा निरन्तर सहमति, सहकार्य र मेलमिलापका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने मान्यतामा दृढ हुनुहुन्थ्यो ।

राजनीतिक यात्राका क्रममा डेढ दशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ पर्नुभएको थियो । पक्राउपछि उहाँलाई दिल्ली कारागारमा राखिएको थियो ।

जेल जीवन र निर्वासनपछि २०३६ सालमा हुन लागेको जनमत सङ्ग्रहका लागि बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश पफर्किए। बहुदलको प्रचारमा देश दौडाहामा लाग्नुभएका कोइराला जननायक विश्वेश्वरप्रसाद कोइरालाको निधनपछि पार्टीको निर्णयअनुसार युरोपेली मुलुक प्रस्थान गरेका थिए ।

युरोपबाट स्वदेश फर्केपछि पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिएका सभापति कोइरालाले २०४६ सालको जनआन्दोलन र विसं २०६२÷६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । विसं २०४८ र २०५८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित थिए । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा बाँकेबाट पराजित भएका उनी २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा बाँके र चितवनबाट सभासद्मा विजयी भए ।

बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भए । विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य थिए । विसं २०४२ को सत्याग्रहदेखि २०४६ र २०६२÷६३ को आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए ।

दिवङ्गत कोइरालाको योगदानको कदरस्वरुप उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले उनको निधनमा शोक मनाउन बुधबार सार्वजनिक बिदा दिनुका साथै तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय ग¥यो । उनीप्रति नेपाली जनताले पनि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: