अस्थायी शिक्षकले बुझाए जिशिअ ज्ञापन पत्र

  प्रकाशित मिति
६ आश्विन २०७३, बिहीबार १७:१०


??????????????????????????????????????????????????????????

भद्रपुर । अस्थायी शिक्षक आन्दोलन समिति झापाले स्थायी पदपुर्तिका लागि सरकारद्वार खोलिएको विज्ञापनमा भाग लिने वा सुविधा लिएर अवकास लिने भन्ने निर्णय तत्काल सच्याउन माग गर्दै जिल्ला शिक्षा कार्यालय झापामार्फत नेपाल सरकारलाई ज्ञापन पत्र वुझाउनुका साथै विरोध सभा समेत गरेका छन् ।

विहीबार चार सय बढीको सङ्ख्यामा जिल्ला शिक्षा कार्यालय झापा पुगेका अस्थायी शिक्षकहरुले जिल्ला शिक्षा अधिकारी डिल्लिराम लुर्इँटेललाई ज्ञापन पत्र दिँदै सरकारको छोटो अवधिको यसप्रकारको निर्णयले अस्थायी शिक्षकहरुमा विचलन ल्याउने भएकोले निर्णय तत्काल सच्याउन माग गर्दै ज्ञापन पत्र वुझाएका हुन् ।

उनीहरुले अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गरिनु पर्ने वा परिक्षामा भाग लिएर फेल हुने शिक्षकलाई सेवा र सुविधा दिएर मात्र निकाल्नु पर्ने भन्दै निर्णय तत्काल सच्याउन ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

ज्ञापन पत्र वुझ्दै जिल्ला शिक्षा अधिकारी डिल्लिराम लुईटेलले मागहरुलाई सरकार समक्ष आफुले पुर्याई दिने प्रतिवद्धता जनाए ।
जिल्ला शिक्षा कार्यालय झापाको प्राङ्गणमा सम्पन्न कोण सभामा वोल्दै नेपाल शिक्षक महासङ्घका केन्द्रीय उप अध्यक्ष केशव ओझा, सङ्घीय समाजवादी शिक्षक फोरमका प्रेम घिसिङ, केन्द्रीय सदस्य नारायण दाहाल, धर्मेन्द्र भट्टराई , गङ्गाराम तामाङ ,केशव वराल, नेत्र खरेल, शिव राजभण्डारी लगायतले वोल्दै खुला प्रतिस्पर्दाको वहानामा अस्थाई शिक्षहरुलाई हटाउन नमिल्ने भन्दै अन्यथा कडा भन्दा कडा आन्दोलन गरिने वताए ।

राजेन्द्र प्रसाईको अध्यक्षतामा सम्पन्न कोण सभाको औचित्य माथि प्रकाश लेखनाथ सुवेदीले पारेका थिए । यस अगाडि झापा जिल्ला भरका शिक्षक सङ्गठनका प्रतिनिधिहरु, महासङ्घ प्रतिनिधिहरु लगायतक शिक्षक शिक्षिकाहरुले विभिन्न नाराहरुसहित चन्द्रगढी वजार परिव्रmमा पछि विरोध सभा गरेका हुन् ।

 

तस्वीर साझामञ्च डटकम

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: