‘डाक्टर’को वचनले मुटुमै बिझायो

  प्रकाशित मिति
१८ असार २०७३, शनिबार ०९:४८


 

 

hospital

kulprasad
कुलप्रसाद घिमिरे

“ नाम थाहा नभएका एक जना डाक्टरले मलाई भन्नुभयो–‘के यो होटल हो र खाएर बस्ने ?’ मलाई उहाँको ननिको वचनको प्रहारले मुटुमै बिझायो । मैले ठाडै अब्जेक्सन गर्दैै भने–‘ तपाईको यो भनाई विरामीको लागि आपत्तिजनक छ ।’ राम्रो निको भएर जानुहोस् भन्नुपर्ने डाक्टरहरूको कर्तव्य हो । ”

 

विरामी भएँ चैत महिनादेखि । सरकारी मेची हस्पिटलका बरिष्ठ फिजिसियन डा. पिताम्वर ठाकुरलाई काँकरभिट्टामा मनिषा पोलिक्लिनिकमा जचाउन गएँ । उहाँको सल्लाह अनुसार टाउको र छातीको सीटी स्क्यानका लागि सिलगुडी आनन्दलोक सिद्धि शर्मा कहाँ सिफारिस गरी दिनुभयो । त्यहाँ गएर मैले पिसाव जचाउनु प¥यो । अनि टाउको र छातीको सीटीस्क्यान गराएँ । उहाँले तपाईको शरीर भित्र कुनै खास रोगै छैन । तपाई त सय बर्ष भन्दा पनि बढि बाँच्नु हुन्छ भनेर मलाई राम्रो आश्वासन दिनुभयो । म पनि खुशीले मख्ख परेँ ।

मनमनै सोचे रोगीलाई डाक्टरहरूले मन पर्ने उपदेश दिनु कर्तव्य हो जस्तो मलाई लाग्यो । नभन्दै छातीको सीटीस्क्यान भो, देव्रे फोक्सो अलिकति खुम्चिएको देखियो भनेर पिताम्वरले भन्नुभयो । र, सास तान्ने ग्याँस दिनुभयो । एकै चोटी निको चाँहि हुँदैन बाँच्न चाँहि सकिन्छ भन्नुभयो । नभन्दै मलाई राम्रो पनि भएको थियो ।

राम्रो भएकाले मैले औषधी अलिक दिन प्रयोग नगरेको हुनाले मलाई त घ्यार–घ्यारले साह्रै पा¥यो । उठ्नै नसक्ने अवस्था भयो । खानै नसक्ने भएँ । अव के गर्ने जेसुकै भए पनि उहाँकै सल्लाह लिनु प¥यो भनेर सरकारी मेची हस्पिटलमा गाडीमा हालेर इारजेन्सी कोठामा मलाई बोकेर पु¥याए । विरामीलाई हालेर (सुताएर) लाने साधन (स्टे«चर) पनि रहेनछ । इमरजेन्सी कोठाको बेडमा सुतेको सुतै म त । डाक्टर हुन् कि हेल्थ एसिस्टेन्ट हुन्, अरु केही रोेगीलाई यसो हेरेको जस्तो गर्छन् हिड्छन् । म त छक्क परँे । त्यसै दिन साँझ पर्ने वेला पुरुषको वेड नं. ३६ मा २०७३÷०१÷०७ मा भर्ना गरियो ।

माथिल्लो तला दुईटा भ¥याङ उक्लेर जानु पर्दोरहेछ । म त झन् तीन छक्क परँे । बल्ल–बल्ल नातीले बोकेर वेडमा पुराए । वेड वाहेक अर्थाेक केही सुविधा रहेनछ । उही पुरानो ढाँचा रातभरि घ्यार–घ्यार र कफले मलाई सुत्न गाह«ो परेको हुँदा अरु विरामी छक्क पर्थे । डा.पिताम्वर कै सल्लाह अनुसार– छातीको एक्सरे गराएँ, कफ परीक्षण गर्न लगाए । रगत, पिसाव, जचाँउन लगाए । टीबीको लक्षण पनि देखिएन । पेटको भिडियो एक्सरे गराए । किड्नी पनि नरमलै छ भन्नुभयो । चन्द्रगढीमा पुनः कफ जचाउन लगाएँ । त्यहाँबाट पनि टीबीको लक्षण देखिएन । मुटुको ईसीजी परीक्षण गराएँ सबै ठीकै छ भन्नुभयो । पिसाबमा सामान्य समस्या देखियो ।

२०२३÷०२४ सालतिर मलाई टीवी भएको थियो । आखिरमा त्यसैको असर (व्रmोनिक) भएको भन्नुभयो । आखिरमा मलाई सास तान्ने औषधि फोराकोर्ट–४०० र टीवीमा १८ एम.सि.जी. र आस्था लिन नै प्रयोग गर्नुपर्छ भनेर मलाई २ दिन पछि घर जानु होस् भन्नुभयो । डा. पिताम्वर कै चेलाहरूले त्यस समय डा. पिताम्वर विदामा बस्नु भएको बताए । उहाँसँग भेट नगरी म घर जान्न भनेर आपत्ति गरे । किनकि मलाई राम्ररी निको पनि भएको छैन, हिँड्न पनि सक्दिनँ भने । नाम थाहा नभएका एक जना डाक्टरले मलाई भन्नुभयो–‘के यो होटल हो र खाएर बस्ने ?’ मलाई उहाँको ननिको वचनको प्रहारले मुटुमै बिझायो । मैले ठाडै अब्जेक्सन गर्दैै भने–‘ तपाईको यो भनाई विरामीको लागि आपत्तिजनक छ ।’ राम्रो निको भएर जानुहोस् भन्नुपर्ने डाक्टरहरूको कर्तव्य हो ।

नभन्दै दुई दिन पछि डा. पिताम्वर ठाकुर आउनुभयो । उहाँले ‘जति दिन भए पनि बस्नुहोस्’ भन्नुभयो । म हस्पिटलमा अरु ६ दिन बसँे अर्थात २०७३÷०१÷१३ गते डिस्चार्ज लिएर आएँ । दुःख लाग्दो कुरा झापा जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नै हो । नगरपालिकाको क्षेत्र भित्र ‘गर्भर्मेन्ट अफ नेपाल, मेची जोनल हस्पिटल भद्रपुर (झापा) नेपाल’ सवै भन्दा पुरानो सरकारी हस्पिटल हो । यो हस्पिटल कहिले स्थापित भएको हो । कति जना डाक्टर कर्मचारी सेविका (नर्सं) र हरिजन सूचिकार कति जना छन् । त्यसको मैले तथ्याङ्क लिन सकिन । किनकि म उठेर हिँड्न सक्दिनँ थिएँ ।

बास्तविक मैले हस्पिटलमा देखेको र भोगेका कुराहरू मात्र यहाँ उल्लेख गरेको छु । हस्पिटलको कम्पाउन्ड अगाडि सरसफाईको अभाव । एउटा पनि बार बगैँचाको व्यवस्था नभएको । देख्नमा हस्पिटल जस्तो पनि छैन । भोलिपल्ट एक्सरे गरँे । कफ, रगत, जँचाए । सुगर,टीवी केहि पनि देखिएन । सरकारी हस्पिटल मा एक्सरे गर्ने र कफ रगत जाँच्ने भौतिक साधन (उपकरण) बाहेक अरु केही रहेनछ । वास्तविक भन्नु पर्दा आधुनिक भौतिक उपकरणहरू राखेर सुसम्पन्न हुनुपर्ने हो । किनकि यो पुरानो सरकारी हस्पिटल हो ।

हुनेखाने सवै रोगी निजी नर्सिङ होममा जान थालेका छन् । सरकारी हस्पिटलमा त उही केही नहुने गरीव मात्र प्रवेश गर्दा रहेछन् । कति कोठामा वेड छन् । त्यसको पनि मैले तथ्याङ्क लिन सकिन । भर्ना भएको भोलिपल्टदेखि मलाई के–के मिसाओट गरेर आस्थालिन ग्यास तान्न लगाए । पिसाव लाग्यो । हिँड्न तागत छैन । नातीहरूले बोकेर लगे । उही पुरानो ढाँचाको भ¥याङ भएको दुइटा दिसा पिसाव गर्ने एउटै साधन रहेछन् । अशक्त विरामी उक्लिन नै मुस्किल । त्यो पनि विग्रेको पानी लिक हुने । इँटाले थिच्नुपर्ने । त्यो ट्याइलेटमा त सिगरेटका टुव्रmाहरू छन् । म त झन् छक्क परे । बाहिर हात धुने पानीको पाइप राखेको रहेछ । पिसाव गर्ने, बाथरुम पनि नभएको । वनाउनेको पारदर्शिता र आधुनिक सोच नभएको जस्तो मलाई लाग्यो । यो व्यवस्थापन समितिले सुधार गर्न अत्यावश्यक छ ।

दुःखको कुरा राति रोगी सिकिस्त भएर मर्न लागे भने पनि डाक्टर उपलब्ध हँुदा रहेनछन् । सिर्फ सेविका (नर्स) वाहेक अरु कुनै डाक्टर आएको देखिन । डिउटीमा वसेका सेविकाहरू पनि कोठाभित्र उङेर बसी राख्ने डाक्टर त विहान ८ बजे र बेलुका ६ बजेतिर आएर औपचारिकता निभाउने रहेछन् । समय समयमा बाहिरबाट सिकारु (नर्स तालिम लिने) आएर विरामीलाई भएको भनेर सोध्ने रहेछन् । यसै विचमा अध्ययन गर्ने विद्यार्थीहरू पनि आएका थिए । र, मलाई धेरै कुरा सोध्नु भयो र भन्नु भयो के तपाईलाई ज्येष्ठ नागरिकलाई दिनुपर्ने पचास प्रतिशत खर्चको सहुलियत दिएको छ ? मैले उत्तर दिए –छैन । उहाँहरूलाई थाहा हुनु नै पर्ने । किनकि विरामीको उमेर लेखेकै हुन्छ । त्यो उहाँहरूको विवेक र विचारको कुरा हो । सहुलियत दिने वा नदिने उहाँहरू माथि नै निर्भर पर्दछ । जे भए तापनि व्यवस्थापन समितिले समय समयमा अनुगमन गर्नुपर्ने हो । त्यो व्यवस्थापन समितिको कमजोरी होे ।

अव पनि यस सरकारी हस्पिटल सवैभन्दा सुसम्पन्न साधनहरू राखेर आदर्शको हुनुपर्ने हो । डिस्चार्ज पछि मैले पुनः डा. पिताम्बरको सल्लाह लिँदा यही प्रयोग गरेको औषधिलाई नै जीवनसाथी बनाउनुहोस् भन्नुभयो । अहिले म बस्न सक्ने भएको छु । डा. पिताम्बर व्यक्तिगत रुपमा असाध्य मिलनसार हुनुहुन्छ । विरामीप्रति राम्रै व्यवहार गर्न खोज्नु हुन्छ । तर मेची अञ्चल अस्पताल भने मलाई उहाँको मीठो बोली जस्तो कहिल्यै अनुभूति हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: