मेचीनगर । यातायात व्यवसायीहरूबीचको अस्वस्थ प्रतिष्पर्धाले अर्वौको लगानी जोखिममा परिरहेको वुधवार यहाँ आयोजित एक कार्यव्रmमका वक्ताहरूले बताएका छन् ।
विगतमा व्यवसायीहरूले संयुक्त व्यवस्थापन मार्फत यातायातमा आलोपालो पद्धति लागू गराउँदा सबै व्यवसायीको व्यवसाय सुरक्षित रहेको तर केही वर्ष यता आलोपालो पद्धति भत्काउने कार्यले अस्वस्थ प्रतिष्पर्धा निम्तिएको उनीहरूको भनाई छ ।
बसपार्कमा यात्रु तानातान गर्ने कार्यले यात्रुले झन्झट व्यहोर्नु परेको, व्यवसायीवीच द्वन्द्व बढेको र आलोपालो मिच्ने कार्यले दुर्घटना समेत निम्तिने गरेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले यसैलाई अस्वस्थ प्रतिष्पर्धा भन्दै आएका छन् ।
मेची वस व्यवसायी सङ्घको २१ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा वोल्ने अधिकांश अतिथिले यातायात व्यवसायीवीच फेरि एकता र सहकार्यको वातावरण निर्माण गर्न सुझाव दिदै त्यस कार्यको अगुवाई लिन सङ्घका अध्यक्ष श्रीप्रसाद मैनालीलाई आग्रह गरेका छन् ।
सङ्घका अध्यक्ष श्रीप्रसाद मैनालीका तर्फबाट साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सिण्डिकेट ध्वस्त बनाउने बहानामा राज्यले नै यातायात व्यवसायीहरूको स्वस्थ प्रतिष्पर्धात्मक आलोपालो पद्धतिलाई धराशायी बनाएको उल्लेख छ ।
प्रतिवेदनमा आलोपालो पद्धति धराशायी बनाउँदा लाखौँ मजदुर तथा कर्मचारीले पाइरहेको रोजगारी र व्यवसायीले गरेको अर्बौँको लगानी डुब्ने जोखिम उत्पन्न भएको जनाइएको छ ।
‘एक पछि अर्को आन्दोलनले यातायात क्षेत्रमा बढी क्षति पुर्याएको’ धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा नेपाली काङ्ग्रेसका कोषाध्यक्ष केशवराज पाण्डेले सबैलाई मिलाएर लान र सबैँसँग मिलेर जान मेची वस व्यवसायी सङ्घ नेतृत्वलाई आग्रह गरे ।
राप्रपा नेपाल मेचीनगरका अध्यक्ष सुशील आचार्यले अस्वस्थ प्रतिष्पर्धाबाट सबै व्यवसायीको लगानी जोखिममा परेको आत्मसात गर्दै सङ्घका अध्यक्ष मैनालीलाई यातायात व्यवसायीहरूको ‘साझा नेता’ बन्न सुझाव दिए ।
नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष बसन्त तिवारी ‘बुद्ध’ले व्यवसायीवीचको अस्वस्थ प्रतिष्पर्धाले टिक्न गाह्रो भइरहेको जनाउँदै एकताको वातावरण बनाउन आग्रह गरेका छन् ।
नेपाल स्वतन्त्र यातायात मजदुर सङ्गठनका मेचीनगर अध्यक्ष खडानन्द भण्डारीले आलोपालो पद्धतिलाई राज्यले सिण्डिकेटको बिल्ला भिराउँदा समस्या विकराल बन्दै गएको उल्लेख गर्दै राज्यको हचुवा कार्यले ६२ हजार यातायात मजदुर सडकमा उत्रिने अवस्था निम्तिएको चेतावनी दिएका छन् ।
नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले मधेश आन्दोलनका वेला बख्तरबन्ध गाडी जस्तो हेल्मेट लगाएर बसका चालकहरूले स्कर्टिङ यातायात सञ्चालन गरेकोमा प्रशंसा गर्दै राज्यले यातायात व्यवसायीलाई सकारात्मक दृष्टिकोणले हेर्न पर्ने बताए ।
मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष डिल्ली घिमिरेले तानातान र अमर्यादित व्यवहारको अन्त्य गर्न प्रशासनको ध्यान आग्रह गरे ।
सङ्घका सचिव राजेन्द्र रिजालले सञ्चालन गरेको कार्यव्रmममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र विशेष अतिथि जिल्लाका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवाली थिए ।
यातायत क्षेत्रका समस्याका वारेमा वक्ताहरूको धारणा सुनिसकेपछि बोल्दै प्रजिअ भुजेल र एसपी ज्ञवालीले समग्र समस्या समाधानका लागि सर्वपक्षीय अन्तरव्रिmया आयोजना गर्ने बताएका छन् ।
कार्यव्रmममा महेन्द्र राजमार्ग कर्मचारी कल्याण कोषका कार्यवाहक अध्यक्ष दुर्गाराम अर्याल, जिल्ला ट्राभल सङ्घका अध्यक्ष नेत्र कार्की, काँकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्य उप्रेती, पत्रकार मोहन काजी लगायतले शुभकामना मन्तव्य गरेका थिए ।
सङ्घमा लामो अवधिसम्म सेवा गरेर हालै निवृत्त भएका एकराज तिम्सिना, तेजप्रसाद भण्डारी, गणेश श्रेष्ठ, अरुण कुमार पाण्डे, टेकबहादुर खड्का, नवीन नेपाल, एकानन्द चौधरी, गङ्गा ढकाल, मेघराज ढकाल र सरुजन कुमार राईलाई सोही अवसरमा फुलमाला र खादा सहित कदरपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
कुनै दुर्घटना नगरी वर्षैभरि कुशलतापूर्वक यातायात सञ्चालन गर्ने चालकहरू मुनाल यातायातका केदार कार्की, मकालु यातायातका गणेश श्रेष्ठ, मेट्रो यातायातका बाबुराम रेग्मी, दिवा सेवाका राम राई र म्याजिक सेवाका राजु खड्कालाई कार्यव्रmममा सम्मान गरिएको थियो ।
कुशल व्यवसायी कपिलकुमार क्षेत्री थापा र उत्कृष्ट कर्मचारी ज्ञानप्रसाद भण्डारीलाई समेत कार्यव्रmममा सम्मान गरिएको थियो ।