अहिले भर्खरै : दुई घण्टामै पन्छाइयो रुख, खुल्यो सडक

  प्रकाशित मिति
२८ असार २०७७, आईतवार १०:५३


सडक अवरुद्ध हुँदाको फोटो । अहिले रुख पन्छाएर सडकमा आवागमन खुला भइसकेको छ ।

चन्द्रगढी, २८ असार । चन्द्रगढी -९ स्थित मेची राजमार्गमा आज विहान ढलेको सालको रुख पन्छाएर चारआली-चन्द्रगढी सडक खुलाइएको छ ।

आइतवार विहान ८ : ३० बजेतिर चन्द्रगढी सामुदायिक बनको कार्यालयबाट एक सय मिटर उत्तर राजमार्गमा सालको एउटा रुख ढल्दा सडक अवरुद्ध भएको थियो ।

चन्द्रगढी सामुदायिक बन समितिका अध्यक्ष हिरा पोखरेलले २ घण्टाको प्रयासमा रुखको सबै अवशेष सडकबाट पन्छाएर राजमार्ग खुलाइएको जानकारी दिए ।

अहिले मेची राजमार्गबाट यातायातका साधन गुड्न थालिसकेका छन् ।

अबिरला वर्षाले रुखको जरा खोतलिएपछि आज विहान सडकतिर रुख कोल्टिएर ढल्ने अवस्थामा पुगेको थियो ।

कुनै पनि बेला ढल्न सक्ने अवस्थामा रहेको सो रुखलाई बन समिति, जिल्ला बन कार्यालय र स्थानीयको उपस्थितिमा डोजरले धकेलेर ढालिएको थियो ।

रुढ ढल्दा बिजुलीको पोल र तार समेत चुडिएको हुँदा सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । सडकको अवरुद्ध खुलाइए पनि विद्युत चालु गर्न कठिनाई छ ।

बन समितिले दुई वटा डोजर प्रयोग गरेर रुख हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: