प्रदेश प्रमुख प्रसाई कोरोनामुक्त

  प्रकाशित मिति
१६ कार्तिक २०७७, आईतवार १९:४१


झापा, १६ कार्तिक । बागमती प्रदेशका प्रमुख विष्णु प्रसाई कोरोनामुक्त भएका छन् ।

दसैको टिकाको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएका प्रसाईको आज पीसीआर नेगेटिभ रिपोर्ट आएको हो ।

दसैं मनाउन हैटौडाबाट घर आएका बेला उनलाई कोरोना संक्रमण भएको हो ।

प्रदेश प्रमुख प्रसाईका छोरा राजेश प्रसाईका अनुसार शुक्रवार दिएको स्वावको आज रिपोर्ट आएको हो ।

उनका छोरा राजेशलाई पनि कोरोना संक्रमण भएको छ । उनी होम आइसोलेसनमै छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: