बिरालोलाई ढोका थुनेर चुटेपछि यस्तै हुन्छ भन्छन् मुख्यमन्त्री राई

  प्रकाशित मिति
६ पुष २०७७, सोमबार १२:२७


भद्रपुर, ६ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बिरालोलाई ढोका थुनेर चुटेपछि जे हुन्छ, प्रधानमन्त्री केपी ओलीले बाध्यतावश संघीय संसद्को बिघटन त्यस्तै बाध्यताले गर्नु परेको बताएका छन् ।

उनले नेकपाभित्रको विवादले नै संसद् विघटनको दुःखद् बाध्यतातर्फ धकेलेको भन्दै प्रधानमन्त्री अ‍ोलीको कदमको बचाउन गरेका छन् ।

भद्रपुरमा रहेको प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको आज उद्घाटन गर्ने क्रममा उनले त्यस्तो बताएका हुन् ।

सुखी नेपाली र समृद्ध नेपालको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएको उनको भनाई थियो । ताजा जनादेशमा जानुपर्ने बाध्यता नेकपाभित्रको विवादले सिर्जना गरेको दावी गरे ।

‘बिरालोलाई ढोका थुनेर चुट्दा जे हुन्छ, त्यही भयो,’ उनको भनाई थियो–‘नीति र नेतृत्वको विवाद महाधिवेशनबाट छिनोफानो गर्ने सहमति र अभिभारातर्फ नेकपा नगएपछि दुःखद् बाध्यता सिर्जना हुनपुग्यो ।’

उनले संसद् विघटन दुःखद् भएको पनि भने । तर कसका कारण र किन यस्तो बाध्यता आइपर्यो भनेर बुझ्न र विश्लेषण गर्न जरुरी भएको भनको भनाई छ ।

कार्यक्रममा सांसद् बसन्त बानियाँ र भद्रपुर नगरपालिका नगरप्रमुख जीवन कुमार श्रेष्ठ बक्ता थिए । तर उनीहरुले राजनीतिक घटनाक्रमका बारेमा केही बोलेनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: