मेचीनगरमा ब्राउन सुगरसहित बेच्ने र किन्ने ४ जना पक्राउ

  प्रकाशित मिति
७ मंसिर २०७७, आईतवार १७:१४


मेचीनगर, ७ मंसिर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर–७ स्थित सिदार्थ टोलबाट लागुऔषध ब्राउन सुगरसहित बेच्ने र किन्ने ४ जनालाई पक्राउ गरेको छ ।

आज दिउसो ४ वजेर ५० मिनेट जाँदा सिदार्थ टोलका असान्ति राजबंशीको घरमा डेरा गरी बस्ने सिताराम आङदेम्बे र मनिता आङदेम्बेले धरान निवासी कल्याण राई र रिजन लकान्द्रीलाई लागुऔषध ब्राउन सुगर बेच्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

आङदेम्बेको साथबाट १३ ग्राम र खरिद गर्ने राई र लकान्द्रीबाट १५ ग्राम ब्राउन सुगरसहित १ लाख ३३ हजार नगद समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

लागुऔषध कारोवारी र सेवन कर्ता दुवैलाई कानुन अनुसार कारवाही हुने इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: