राप्रपा नेता लिङ्देनलाई निमोनिया उपचारका लागि एयर एम्बुलेन्सबाट काठमाडौं लगिदै

  प्रकाशित मिति
२५ मंसिर २०७७, बिहीबार १८:३७


झापा, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं. ३ का संघीय सांसद् राजेन्द्र लिङ्देनलाई निमोनियाको उपचारका लागि केहीबेरमा झापाबाट काठमाडौं लगिदैछ ।

उनलाई आज उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलको आइसीयुमा भर्ना गरिएको थियो ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले सांसद् लिङ्देनलाई निमोनिया भएको र अक्सिजनको मात्रा निकै घटेको जानकारी दिए ।

पार्टीका जिल्ला सचिव केशव ओझाले सांसद् लिङ्देनलाई थप उपचारका लागि केहीबेरमा एयर एम्बुृलेन्समार्फत काठमाडौं लगिने तयारी भइरहेको जानकारी दिए ।

ओझाका अनुसार नेपाली सेनाको एयर एम्बुलेन्सले चन्द्रगढी एयरपोर्टबाट काठमाडौंका मेडासिटी हस्पिटल लैजाने छ ।

साथमा उनकी पत्नी सीता थापा, स्वकीय सचिव र छोरा पनि जानेछन् ।

‘अहिले उहाँ बोल्दै हुनुहुन्छ, निमोनियाको उपचारका लागि काठमाडौं लैजानु पर्ने चिकित्सकको सिफारिस अनुसार काठमाडौं लैजाने तयारी गरिएको हो,’ ओझाले लोकतन्त्र पोस्टसँग भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: