अहिले भर्खरै विर्तामोडमा : लावण्यका डा. राठीले लगाए पहिलो खोप

  प्रकाशित मिति
१४ माघ २०७७, बुधबार ११:२०


विर्तामोड, १४ माघ । विर्तामोडस्थित अनारमनी स्वास्थ्य केन्द्रमा आज कोरोनाविरुद्धको पहिलो खोप डा. हेमन्त राठीले लगाएका छन् ।

विर्तामोडमा लावण्य स्कीन हेल्थ केयर सेन्टर सञ्चालन गर्दै आएका डा. राठी यस अघि बीएन्डसी हस्पिटलमा समेत कार्यरत थिए ।

आज देशभर ‘कोभिशिल्ड’ नामक भारतमा निर्मित कोरोना खोप लगाउने अभियानको सुरुवात भएको छ । यही सिलसिलामा झापाको तीन स्थान भद्रपुर, विर्तामोड र दमकमा खोप कार्यक्रम सञ्चालन गरिएका छन् ।

विर्तामोडको अनारमनी स्वास्थ्य केन्द्रमा, भद्रपुरको मेची प्रादेशिक अस्पतालमा र दमकको दमक अस्पतालमा खोप लगाइँदैछ ।

विर्तामोडको खोप अभियानको शुभारम्भमा नगरप्रमुख ध्रुव शिवाकोटीले सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: