मेचीनगर, १० असार । नेपाली सेनाको बम डिस्पोजल टोलीले गौरादहस्थित नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीको घर अगाडि फेला परेको कुकर बमको जाँच पड्ताल सुरु गरेको छ ।
आज विहान ५ः३० बजेतिर घरको अगाडि तारले जेलिएको प्रेसर कुकर बम फेला परेपछि अध्यक्ष कार्कीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले बोलाएपछि आएको नेपाली सेनाको टोलीले फेला परेको शंकास्पद बस्तु (कुकर बम) सक्कली हो कि तर्साउनका लागि राखिएको नक्कली बम हो भनेर प्राविधिक जाँच गरिरहेको घटनास्थलमा रहेका पत्रकार मिनप्रकाश उप्रेतीले जानकारी दिए ।