आँखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

  प्रकाशित मिति
२६ बैशाख २०७३, आईतवार १३:४४


mechi eyeविर्तामोड । मेची आँखा अस्पताल विर्तामोडका स्वास्थ्यकर्मीहरू ट्रेड युनियन दर्ता र निष्काशित सहकर्मीको पुनर्वहालीको माग राख्दै आन्दोलित भएका छन् ।

अस्पतालमा गत पुस १४ गते गठन भइसकेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले आइतवार यहाँ पत्रकार सम्मेलन गरी आफ्ना माग र आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।

युनियनकी अध्यक्ष कविता कार्की कडरियाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ट्रेड युनियन ऐन २०४९ को कानूनी प्रक्रिया पूरा गरी दर्ताका लागि श्रम कार्यालयमा निवेदन दर्ता गरिएकोमा त्यसमा रहेको विवरणलाई प्रमाणित गर्न अस्पताल प्रशासनले अस्वीकार गरेको कारण आन्दोलित हुनु परेको हो ।

त्यसैगरी, युनियनमा आवद्ध भएकै कारण कर्मचारी नमुना भट्टराईलाई अपमानित एवम् मनोमानी ढङ्गले अस्पताल प्रशासनले यही बैशाख १ गतेदेखि सेवाबाट हटाएकोमा आपत्ति गर्दै युनियनले उनको ससम्मान पुनर्वहालीको माग अघि सारेको युनियनका उपाध्यक्ष श्रवण सरदारले पत्रकार सम्मेलनमा बताए ।

युनियनले आन्दोलन अन्तर्गत बैशाख २८ गते आफ्ना १० सूत्रीय माग पत्र पेश गर्ने भएको छ भने बैशाख ३० गतेदेखि जेठ ७ गतेसम्म हातमा कालो पट्टि बाँधेर काम गर्ने र जेठ ९ गतेदेखि अस्पताल प्रशासनको कार्यालय कक्षमा तालाबन्दी गर्ने जनाएको छ ।

यसैगरी, जेठ १० देखि १४ गतेसम्म ओपीडीमा विहान १० देखि ११ बजेसम्म एक घण्टा काम बन्द गर्ने र उल्लेखित मागहरू त्यसबेलासम्म पनि पूरा नभए जेठ १६ गतेदेखि दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरिने युनियनका सचिव पुष्पप्रसाद अधिकारीले बताए ।

युनियनले आफ्नो न्यायिक आन्दोलनमा समर्थन गरिदिन सम्पूर्ण सेवाग्राही, नागरिक समाज, पत्रकार लगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: