आँखा अस्पतालमा चर्कियो आन्दोलन

  प्रकाशित मिति
२२ जेष्ठ २०७३, शनिबार १७:०६


eyeविर्तामोड । मेची आँखा अस्पतालमा कार्यरत नमुना भट्टराईलाई कर्मचारी युनियनमा लागेको आरोपमा जागिरबाट निष्काशन गरेको घटनाको विरोध गरिरहेका अस्पतालका आम कर्मचारी तथा स्वास्थ्यकर्मीले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

गत बैशाख २६ देखि आन्दोलित कर्मचारी तथा स्वास्थ्यकर्मीको दश बुँदे माग अस्पताल व्यवस्थापनले पूरा गर्न आनाकानी गरेकाले दोस्रो चरणको कडा विरोध कार्यक्रम घोषणा गर्नु परेको आन्दोलनको नेतृत्व सम्हाल्दै आएकी नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अस्पताल शाखाकी अध्यक्ष कविता कार्की कडरियाले बताइन् ।

युनियनले शनिवार लोकतन्त्र पोस्टको कार्यालयमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
दोस्रो चरणमा उनीहरूले जेठ २३ देखि २८ गतेसम्म अस्पतालको सम्पूर्ण ओपीडी सेवा विहान १० देखि ११ बजेसम्म एक घण्टाका दरले बन्द गर्ने भएका छन् ।

‘ओपीडी बन्द हुँदा अवश्य पनि सेवाग्राहीलाई असुविधा हुन्छ’, पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हक कडरियाले भनिन्–‘बन्दका कार्यक्रम नगरी आफ्ना हक अधिकार खोज्दा व्यवस्थापनले वेवास्ता गरेकाले अब कडा विरोधमा उत्रिन बाध्य भएका हौँ ।’

आन्दोलनकारीले गत जेठ ९ गतेदेखि अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशी र व्यवस्थापक सुरज रौनियारको कार्यकक्षमा तालाबन्दी गरिरहेका छन् । माग पूरा नभएसम्म तालाबन्दी जारी रहने अध्यक्ष कडरियाले बताइन् ।

आन्दोलनकारीले व्यवस्थापन पक्षसँग ५ पटक वार्ता भए पनि कर्मचारी र स्वास्थ्यकर्मीका जायज कुनै पनि माग पूरा गर्न व्यवस्थापन तयार नरहेको कडरिया आरोप लगाइन् ।

‘न्यायिक आन्दोलनलाई कमजोर पार्न र भ्रमपूर्ण प्रचारवाजी गर्न मात्र उनीहरू वार्तामा सहभागी भएका छन्’, अध्यक्ष कडरियाले भनिन्–‘सहकर्मी नमुना भट्टराईलाई कुनै हालतमा पुनर्वहाली नगर्ने व्यवस्थापनको ढिपीले वार्ता असफल भएको हो ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: