आँखा अस्पतालमा पाँच बुँदे सहमति

  प्रकाशित मिति
२६ जेष्ठ २०७३, बुधबार ०४:२९


eye

विर्तामोड । विर्तामोडस्थित मेची आँखा अस्पतालमा कर्मचारी युनियनले एक महिनादेखि जारी राखेको आन्दोलन मङ्गलवार पाँचबुँदे सहमतिसँगै अन्त्य भएको छ ।

झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्रेड युनियन महासङ्घहरू, मेची आँखा अस्पताल र आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधिबिच बिर्तामोडमा भएको छलफलमा सहमति जुटेको हो ।

संवाद समूहको सचिवालय झापाको संयोजनमा भएको छलफलमा कर्मचारी नमुना भट्टराईको विषयमा यथार्थ अध्ययन गर्न दुई महिनाको अवधि तोकी ७ सदस्यीय समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको संयोजकत्वमा गठित समितिको सदस्यमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका यज्ञप्रताप अधिकारी, जिफन्टका सन्त राई, अखिल नेपाल ट्रेड युनियन महासङ्घकी सीता सापकोटा, मेची आँखा अस्पतालका अध्यक्ष छत्र अधिकारी, अस्पताल प्रशासनका डा. पुरुषोत्तम जोशी र आन्दोलनरत नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनकी कविता कार्की रहेकी छिन् । कर्मचारी भट्टराईलाई पुनर्वहाली गर्नुपर्ने लगायतका १० सूत्रीय माग राखी आन्दोलनमा उत्रिएका थिए ।

त्यस्तै, मेची आँखा अस्पतालमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले राखेका अन्य मागका सन्दर्भमा आवश्यक प्रव्रिmया पूरा गरी माग पूरा गर्ने सहमति भएको छ । कर्मचारी युनियनले एक महिनादेखि जारी राखेको आन्दोलन अन्त्य गर्ने समेत सहमति भएको छ । सो अस्पतालमा गत वैशाख २६ गतेबाट कर्मचारीले आन्दोलन सुरु गरेका थिए ।

त्यस्तै अस्पताल प्रशासन र सञ्चालक समिति कर्मचारीको हितमा सदैव सकारात्मक रुपमा अघि बढ्ने तथा कर्मचारीले अस्पतालको हित विकास र सेवालाई प्राथमिकता दिएर अघि बढ्ने समेत सहमति भएको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: